विदेशिनेको लर्को कसरी रोक्ने ?
Advertisement 1
केही महिनाको नेपाल बसाई पछि अमेरिका फर्कने क्रममा अध्यागमन कक्षमा नेपाली नागरिकको लाईन लामै देखियो।यस किसिमको लर्को आज मात्र हैन हिजो पनि थियो र भोली पनि यसरी नै देखिने छ। यसरी वाहिरिने नेपालीहरूमा खासगरी यूवा उमेरकाहरूको नै बाहुल्यता थियो। जाहाज भित्र नेपाली भाषा नै गुन्जेको थियो, मानौ कि यहां नेपालीहरूको जात्रा लागी रहेको छ।
यस्ता फ्लाईटहरू दिन दिनै दर्जनौ हुने गर्छन् र यो फ्लाईट ती मध्ये एक थियो।नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान मध्ये आधा भन्दा बढी उडानहरूको पहिलो गन्तब्य मध्यपूर्बका एयरपोर्ट नै हुने गर्छन् र यी गन्तब्यमा पुगे पछि यी यूवाहरू आफ्नो श्रम बेच्न खाडी राष्ट्रहरू भित्र प्रवेश गर्छन्। यो प्रकृया नेपाली यूवाको दैनिकी नै बन्ने गरेको पाईन्छ।
Advertisement 2
यसरी यूवाहरूको वहिर्गमन किन हुने गरेको छ भन्ने कुरा हरेक नीति निर्माता देखि सरकार चलाएर बस्ने हरूलाई जानकारी नभएको विषय हैन ता पनि यो लर्को लाई कम गर्न खासै नीतिहरू बन्न सकेको पाईदैन। यी होनाहार यूवाहरू आफ्नो जाहान परिवार संगै बसेर देश भित्रै रोजगारीमा सकृय हुन पाएको भए यो स्थिति पक्कै आउने थिएन। देश भित्रै रोजगारीका अवसर सिर्जना गर्न सक्ने हो भने दैनिक तवरले विदेशिने यूवाहरूको लर्को कम गर्न सकिने थियो तर यसमा चासो लिने कस्ले होरु यसको सही उत्तर हो सरकार। नेपालमा पनि यो निकाय छ जस्तो लाग्छ तर यसको अनुभूति नेपालीले गर्न पाएका छैनन्।
यो निकाय त देशमा रोजगारीका अवसर जुटाउन तिर भन्दा यि नै विदेशिएका यूवाले पठाउने विप्रेषणलाई आफू र आफ्ना कार्यकर्ताको भरण पोषण गर्नमा तल्लीन छ।
यदि रोजगारीका अवसरहरू सिर्जना गर्न चाहने हो भने यहां पूजी , जनशक्ति , बजार जस्ता रोजगारी सीर्जना गर्न चाहिन तत्वहरूके अभाव हुने थिएन तर यहां एउटा कुराको अभाव भने अवश्य हुने छ त्यो हो सरकारको दृष्टी। हाम्रो सरकार संग केही चिजको कमी छ भने त्यो हो राष्ट्र निर्माण गर्ने भिजन र मिशन। सरकारमा बस्ने नेताहरूको पार्टीमा दर्शन र बिचारको अभाव छ, चुनावमा एक्लै लड्ने क्षमता हराएर गठवन्धन गर्ने प्रवृत्ति बढ्दो छ, पार्टी भित्र देखा पर्ने नयां बिचार र सोचलाई पाखा लगाउने प्रवृत्ति हावी छ, राजनीतिलाई सेवा हैन पेशा बनाईएको छ, पार्टी र नेतामा रहेका कमी कमजोरीहरूको समीक्षा पटक्कै गरिदैन, राजनीतिलाई विर्ता र वपौति बनाईएको छ।
Advertisement 3
देशको मार्ग दर्शक नीति राजनीतिको यस्तो हालत भएको देशमा यूवाहरूको पलायन हुनु के अचम्म भयो ररु नेपाल र नेपालीको पिंडा र दर्दलाई आत्मसात गर्न र पिंडा वोध गर्न नसक्नेले चलाएको सरकारबाट देशको समस्या सम्वोधन हुने अपेक्षा कसरी गर्न सकिन्छ ररु तै पनि यसरी विदेशिने यूबाहरूको लर्को रोक्न नसकिने भने थिएन। यसको लागि सकारात्मक सोच राखेर सत्ता चलाए हुन्थ्यो।
पहिलो यहांको शिक्षा नीति ब्यबहारिक र ब्यावसायिक हुनु पर्छ। यसको निम्ति नेपालको विकासको सम्भावनाहरू केलाएर यसमा आधारित शिक्षा नीति माध्यमिक तहको शैक्षिक पाठ्यक्रममा समावेश गरिनु पर्छ। आवश्कता अनुसार व्यवसायिक तालीम केन्द्र खोली उच्च शिक्षा प्राप्त गर्न नसक्ने यूवालाई गहन रूपमा ब्यबसायीक तालीम दिन सकिन्छ। यसरी प्राप्त गरेको सीप मूलक प्रमाणपत्रलाई धितो राखी ब्यबसायीक ऋण उपलब्ध गराउन सकिन्छ ।
देशको उच्च शिक्षालाई विश्व संग प्रतिस्पर्धा गर्न सक्ने किसिमले स्तरीय बनाउनु पर्ने हुन्छ। हाम्रो अहिलेको उच्च शिक्षाको उत्पादन न त देश भित्र काम लाग्ने किसिमको छ न त विश्व सॅग प्रतिस्पर्धा गर्ने किसिमको।
त्यसै गरी हाम्रो शिक्षा कृषिलाई आधुनिकीकरण गरी यसलाई उद्यमको रूपमा अगाडि बढाउने किसिमको हुन जरूरी छ। यसको निम्ति आवश्यक नीति तय गरी आन्तरिक र वाह्य लगानीलाई प्रोत्साहन गर्नु पर्छ। यसको परीक्षण विदेशबाट फर्किएका केही यूवाहरूले सफलताका साथ सम्पन्न गरेको पाईएको पनि छ। यसमा गरिने लगानीका लागि हामीले गैर आवासीय नेपालीहरूको सहयोग लिन सक्छौ।
हाम्रो देशका प्रतिभावान यूवाहरू स्वदेशमा अडिने आधार नपाएर विदेश तिर पलायन हुन वाध्य छन्। यसैले अव देशको आर्थिक विकासमा मात्र हैन देशको राजनीतिक क्षेत्रमा समेत विदेशिएका यूवाहरूको प्रवेश र संलग्नता जरूरी देखिएको छ।हालै नेपालमा भएको उपनिर्वाचनमा स्वर्णिम वाग्लेहरू उपर देखिएको आकर्षणले पनि यसको पुष्टी गर्छ।
अन्त्यमा हामीले श्रम निर्यात गर्ने वर्तमान नीतिलाई तुरून्त परिवर्तन गरेर श्रमिकका उत्पादन निर्यात गर्ने तर्फ लागेनौ भने अहिले त खेत बारी सम्म बांझो छ, भविष्यमा देश नै बांझो भएको देख्नु पर्ने दिन धेरै टाढा छैन भन्न सकिन्छ।