‘एउटै सचिव वर्षमा चारपटक सरुवा गरेर सुशासन हुँदैन’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एउटै सचिवलाई बर्षमा चार पटक सरुवा गरेर मुलुकमा सुशासन नआउने बताएका छन् ।
Advertisement 1
राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन । यादवले प्रदेशमा माथिल्ला तहका कर्मचारी टिकाउनै नसकिएको र संघमा मात्रै नभएर प्रदेशमा पनि उत्तिकै बिजोग अवस्था रहेको बताए ।यादवले समितिमा कर्मचारी अभावमा प्रदेश सरकारको बेहाल भएको बताए। ६ महिनामा चार सचिव फेरिन्छ । कर्मचारीको अभावमा बजेट कार्यान्वयन हुन सकेको छैन । सचिवले मन्त्रीलाई टेर्दैनन । प्रदेश सरकार भनेको एउटा झन्डा, एउटा गाडी र चारवटा गार्डमा सीमित भएको छ ।
अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठाउँदै यादवले एउटै सचिव वर्षमा चार पटक सरुवा गरेर सुशासन नहुने बताए।
प्रकाशित :२०८० मंसिर २२, शुक्रबार १४:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%