दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

नेपाल सशस्त्र प्रहरीका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस गरिएको छ ।

Advertisement 1

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको निर्णयअनुसार एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेको नाम डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । डीआईजीमा बढुवाका लागि सात जना एसएसपी प्रतिष्पर्धामा रहेका थिए ।जसमध्ये धौबजी र न्यौपाने बढुवा सिफारिस भए भने विदुर खड्गा, भेषबहादुर शाह, प्रदीपकुमार पाल, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक भने सशस्त्र प्रहरीको डीआईजी हुनका लागि चाहिने तालिम नलिएका कारण बढुवाबाट बञ्चित भएका हुन् ।

बढुवा सिफारिस भएका दुवै जना नेपाल प्रहरीको प्राविधिक सईबाट २०५८ मा एक तह बढुवा भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए । बढुवा सिफारिसउपचर चित्त नबुझे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरूले सात दिनभित्र उजुरी दिन सक्ने बढुवा समितिले जनाएको छ । नेपाल प्रहरीबाट आएका सईहरू डीआईजी बनिसक्दा पनि सशस्त्रमै भर्ना भएकाहरू भने एसएसपीबाट माथि जान सकेका छैनन्।

Advertisement 2

पहिलोपटक निरीक्षकमा भर्ना भएका ९ जना अहिले कायममुकायम एसएसपी भए भने दोस्रो ब्याचका ७५ जना एसपी नै छन्। तेस्रो ब्याचका ९०, चौथो ब्याचका ८० र पाँचौ ब्याचका ८५ जना अहिले डीएसपीमा कार्यरत छन्। १६ वर्ष पहिले सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका छैठौं ब्याचका ९० जना अहिले पनि त्यही दर्जामा अड्किएका छन्। त्यसपछि ८ वटा ब्याच निरीक्षकमा भर्ना भइसके। उनीहरूको पनि माथि जाने बाटो बन्द छ।

सँगै भर्ना भएका नेपाल प्रहरीका निरीक्षकहरू भने एसपी बढुवाको लाइनमा छन्। २०६७ का प्रहरी निरीक्षकहरू अहिले सबै डीएसपी भइसके। २०७० को टोली पनि डीएसपी बढुवाको लाइनमा छन्। अहिले सशस्त्रमा एक डीआईजीबाहेक सबै उच्च तहमा नेपाल प्रहरीबाट आएको टोली छ। सशस्त्र प्रहरी निरीक्षकमा छैठौं ब्याचदेखि १४औं ब्याचसम्मका सबै जम्मा भइसकेका छन्। १४औं ब्याचका ६० जनाको टोली अहिले मातातीर्थमा तालिम गरिरहेको छ। त्यसअघि सातौं ब्याचका १२५, आठौंका ११, नवौंका ६५, दशौंका २२, एघारौंका ४०, बाह्रौंका ५३ र तेह्रौं ब्याचको २२ जनाको टोली पनि निरीक्षकमै कार्यरत छन्।

प्रकाशित :२०७८ असार २२, मंगलवार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry