दुबईको भन्सारबाट कसरी छिर्छ सुन ?

काठमाडौं । दुबईको बाटो भएर ठूलो परिमाणमा सुन ओसार्नेमा चिनियाँ यात्रीलाई गोरखाका चन्द्र बहादुरले उछिनेका छन्।
चिनियाँ यात्री ली हानसोङले गत असोजमा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा ई–सिगरेट ९भेप० भित्र राखेर ल्याएको करिब ९ किलो सुन छिराउने प्रयाश गरेका थिए।

Advertisement 1

गोरखाका चन्द्र बहादुर घलेले हिजोमात्रै १४ किलो सुन ल्याएका थिए तर उनी पनि सुन बोकेर गन्तव्यसम्म पुग्न सफल हुन पाएनन्। दुबैजनाले दुबईबाट सुन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको आँखा छल्ने असफल प्रयाश गरेका थिए। घले हिजो बिहीबार मध्यरातमा ठूलो परिमाण सुन सहित समातिएका थिए। असोजमा पक्राउ परेका चिनियाँ नागरिक दावोजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल थिए। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो। घलेलाई भन्सार कार्यालयले समातेर नियन्त्रणमा लिएको छ।

सुन आउँदै छ भन्ने सूचना पाएपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल आफैं राती विमानस्थलमा पुगेका थिए। अवैध रूपमा सुन आउने सुराकी पाएपछि एक हप्तादेखि निगरानी गरेकोमा धेरै मेहनत पछि सुन समात्न सफल भएको पौडेलले बताएका छन्। दुबई भन्सारबाट कसरी ठूलो परिमाणको सुन छिराएर ल्याए भन्ने विषयमा भने आशङ्का उब्जिएको भन्सार अधिकारी बताउँछन्। गएको साउन ३ गते विमानस्थलमा ६१ किलो सुन बरामद भएपछि भन्सार विभागले विशेष सन्यत्रमार्फत नियमित निगरानी गरिरहेका छ।

प्रकाशित :२०८० मंसिर २२, शुक्रबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम