बोल्न नसक्ने बालिकालाई बलात्कार गर्ने वृद्ध पक्राउ

बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक बृद्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार निजगढ नगरपालिकाका एक ६० वर्षीय वृद्ध पक्राउ परेका हुन ।
Advertisement 1
पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, निजगढबाट खटिएको प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।
उता, जबर्जस्ती करणीमा परेकी बालिकलाइ भने उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्याएको छ । पक्राउ परेका लुम्बा माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित :२०८० आश्विन ७, आईतवार १०:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%