हवल्दारले हाकिममाथि हात हालेपछि…
डिएसपीको कठालो समाउन खोज्यो भने के होला ? उस्तै डिएसपी परे ठाउँको ठाउँ घाँटी नै निमोट्थे । तर, द्वारिका घिमिरे अलिक सोझा पर्नाले हवल्दारको जागिरमात्रै गएको छ ।
Advertisement 1
घटना ललितपुरस्थित प्रहरी बृत्त चापागाउँको हो । कहिले थुनुवासँग पैसा असुलेर, कहिले मुद्दा लिएर आएका मान्छेलाई रेष्टुरेण्टको बिल तिराएर त कहिले युवतीहरूसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेर विवादमा तानिँदै आएका त्यहाँका हवल्दार नवलकिशोर राय अन्ततः डिएसपी घिमिरेमाथि हात हाल्न खोज्दा जागिरबाट हटाइएका छन् ।
यसअघि उनै हवल्दारले थुनुवासँग पैसा असुलेपछि तत्कालिन डिएसपी रामकृष्ण सापकोटाले फिर्ता गराए । त्यसबापत अवधी नपुगी सरुवा हुनुपरेको थियो । तर, ‘अति’ धेरै टिक्दैन भनेझैँ अघिल्ला डिएसपीहरूको सरुवासम्म गराउनसक्ने हवल्दार अहिले आफैँ जागिरबाट बाहिरिएका छन् ।
Advertisement 2
हवल्दारको ज्यादतीका कारण स्थानीय अगुवादेखि प्रहरी संगठनकै सदस्यले पनि उनलाई चापागाउँबाट हटाउन माग गर्दै आएका थिए । उनको काज सरुवा भएको थियो । यस्ता काज सरुवामा उनी धेरैचोटि परे, तर माथिल्ला हाकिम रिझाएर प्रत्येक काज केवल कागजमा सिमित हुँदै आएको थियो ।
तर, अहिलेका डिएसपी घिमिरेले रवाना दिन खोजेपछि रक्सी पिएको सुरमा साँझ तथानाम मुख छाड्दै हातपातको प्रयास गरे । जागिर चापागाउँमा, तर रक्सी पिउन बुद्धनगरस्थित एक क्याफेमा पुग्ने र त्यहाँ पुगेर विभिन्न मुद्दासँग सम्बन्धित थुनुवाका आफन्तसँग ‘मिलाइदिने’ नाममा रकम असुल्र्ने ।
Advertisement 3
जिल्ला प्रहरी परिसर ललितपुरले डिएसपीमाथि दुव्र्यवहार गर्ने हवल्दारको बर्खास्ती प्रक्रिया शुरु गरेपछि त्यहाँका एसएसपी यज्ञविनोद पोखरेललाई विभिन्न शक्तिकेन्द्रबाट कारवाही नगर्न दबाब आएको थियो । एकजना यादव थरका भूपू एसपीले त उल्टै चापागाउँका डिएसपी घिमिरे नै खराब भएको भन्दै हवल्दारलाई केही नगर्न भनेका थिए ।
जवाफमा एसएसपी यज्ञविनोदले कडिकडाउसँग भने, ‘त्यसो भए कुनै कुरामा चित्त नबुझ्नासाथ म पनि आइजी सा’बलाई हातपात गर्न जान्छु । त्यसो गरेँ भने के मलाई त्यत्तिकै छोड्न मिल्छ ? जनआस्था