कृषि मन्त्रालयको अधिकृत सेवाबाटै बर्खास्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कर्मचारीलाई बर्खास्त गरेको छ । लामो समयदेखि गैरहाजिरीमा रहेकी बाली संरक्षण अधिकृतलाई सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement 1

मन्त्रालयले पटक–पटक सम्पर्कमा आउन अनुरोध गरेको भए पनि कुनै जानकारी नगराएको र सम्पर्क समेत गर्न नआएकाले मन्त्रालयले बाली संरक्षण अधिकृत मन्दिरा कटुवाललाई सेवाबाट हटाउनु परेको जनाएको छ ।

अध्ययन बिदामा विदेश गएकी उनी अध्ययन बिदा सकिएपछि पनि उनी बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा बिना जानकारी २०७५ फागुन १६ गतेबाट अनुपस्थित रहँदै आएकी थिइन । यसरी झण्डै पाँच बर्षसम्म कार्यालयको सम्पर्कमा नरहेकी उनलाई सेवाबाट बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको सचिवस्तरको निर्णयबाट कटुवाललाई बर्खास्त गरिएको हो । उनलाई निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) प्रतिबन्धात्मक वाक्यांशबमोजिम बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement 2

मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा ४ बमोजिम सेवा अवधि पूरा नगरेबापत अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर पाएको तलबभत्ता, छात्रवृत्ति रकम तथा कबुलियत नाममा उल्लेख भएका अन्य रकमहरु समेत तोकिएको अवधिभित्र नबुझाएमा सरकारी बाँकी सरह असुल उपर गर्ने बताएको छ ।

प्रकाशित :२०८० मंसिर २१, बिहीबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry