बागमतीका पाँच कर्मचारी ११ औँ तहमा बढुवा
गमती प्रदेशको मन्त्रीपरिषद् बैठकले पाँच जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले कर्मचारी बढुवा गर्ने निर्णय गरेको हो ।
Advertisement 1
बैठकले स्वास्थ्यतर्फको चार र शिक्षा सेवातर्फका एक गरी पाँच जनालाई ११ औँ तहमा बढुवा गरेको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले स्वास्थ्यतर्फ बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा निमित्त सचिव एवम योजना अनुगमन तथा जनस्वास्थ्य महाशाखा प्रमुख दीपक तिवारी, मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारी, स्वास्थ्य कार्यालय ललितपुरको प्रमुख डा.अर्जुनप्रसाद सापकोटा र वास्थ्य कार्यालय धादिङका प्रमुख डा.नरेन्द्रकुमार झालाई ११ औँ तहमा बढुवा गरी पदस्थापन गरेको हो ।
Advertisement 2
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती ऐन २०७९ अनुसार उनीहरूलाई १० औँ तहबाट ११ औँ तहमा बढुवा गरेको हो । प्रदेश निजामती कर्मचारी ऐन, २०७९ अनुसार ११ औँ तहका कर्मचारी संघीय सरकारको सहसचिव सरहको र प्रदेश सरकारको सचिव सरहको हुने व्यवस्था रहेको छ ।