यी हुन जेष्ठता र कासमुका आधारमा सहसचिवमा बढुवा सिफारिस भएका कर्मचारीहरु

तीन जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक समूहतर्फका तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । तीनै जना कर्मचारी जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढूवाका लागि सिफारिस भएका हुन ।

Advertisement 1


समितिको बैठकले यस अघि प्राविधिक सेवातर्फका सात जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक समूहतर्फका ५ जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेकोमा बिहिबार बसेको समितिको बैठकले थप २ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । यसरी बढुवा भएका इञ्जिनियरिङ सेवा तर्फका दशैं जना कर्मचारी जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढूवाका लागि सिफारिस भएका हुन ।

प्रकाशित :२०७८ पुष ३, शनिबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry