१५ हजार रूपैयाँ घुस लिएको भन्दै मालपोतका खरिदारबिरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement 1

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियार हेटौंडाको टोलीले साह र कुशवाहालाई नियन्त्रणमा लिएको थियो । साहले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस कशवाहालाई लिन लगाई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सोमबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानको सिलसिलामा भूमिसुधार तथा मालपोत कार्यालय, कलैया, बाराका खरिदार रामविश्वास साहले १५ हजार घुस मागगरी प्रतिवादी गौरीशंकर कुमार कुशवाहलाई लिन लगाएको खुलेको छ ।

Advertisement 2

अख्तियारले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १५ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दायर गरेको छ ।

प्रकाशित :२०८० जेष्ठ २९, सोमबार १५:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry