लोकसेवा आयोग बाग्मती प्रदेशले माग्यो ७८ जना कर्मचारी (विज्ञापनसहित)

प्रदेश लोकसेवा आयोग बाग्मती प्रदेश,हेटौंडाले विभिन्न पदमा विज्ञापन खुलाएको छ । आयोगले बाग्मती प्रदेशका मन्त्रालय र विभिन्न स्थानीय तहमा कार्यरत प्राविधिक र अप्राविधिक छैटौं,सातौं र आठा्रैं तहका कर्मचारीहरुबाट जेष्ठता,कार्यसम्पादन मुल्यांकनका साथै कार्यसम्पादन समायोजनका आधारमा हुने बढुवाका लागि आन्तरिक, खुला तथा समावेशीतर्फबाट विज्ञापन खुलाएको हो ।
जसअनुसार जेष्ठता र कार्यसम्पादनद्धारा हुने बढुवाका लागि ५ जना,कार्यसम्पादनका अनुभवको मुल्यांकनको आधारमा हुने समायोजनतर्फको बढुवाका लागि २ जना,आन्तरिक प्रतिष्प्रर्धाबाट ७ जना र खुला तथा समावेशीतर्फबाट ७८ जना गरी कूल ९२ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।
आयोगले परीक्षाको मिति र समय भने पछि तय गर्ने जनाएको छ ।

Advertisement 1

प्रकाशित :२०७८ माघ १०, सोमबार ०७:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry