खुल्यो रसुवागढी नाका

कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको रसुवागढी नाका आजदेखि सञ्चालनमा आउने भएको छ।

Advertisement 1

चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको रसुवागढी नाका मंगलबार बिहानबाट खुलेको छ । नाका खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात निर्यात भएको रसुवा भन्सार कार्यालयले बताएको छ ।

Advertisement 2

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन २५ गतेदेखि बन्द भएको रसुवागढी नाका आजदेखि खुल्ला हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीले जनाकारी लिए । आजै सात वटा कन्टेनर चाइनातर्फ निकासी भएको व्यवसायी सुरेश थोक्रोले जानकारी दिए । नेपाली मुर्ती, बस्ने मुडा, नेपाली नरिवलबाट बनेको डबल आदि चाइनातर्फ निकासी भएको थोक्राले बताए  ।

Advertisement 3

 

 

प्रकाशित :२०७९ पुष १२, मंगलवार १०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry