नयाँ नटवरलाल अर्जुन :- जसले इमोस्नल ब्यालकमेल गरी सयौं कर्मचारी ठगे
चलखेलको दुनिँयामा ठग्ने होइन ठगिने चाहिँ दोषी देखिन्छन् । ठगका अनेक रुपहरु हुन्छन् । यस्तै एक जना कर्मचारीले ठग्ने नयाँ नयाँ आइडिया निकालेर आफ्नै सहकर्मीदेखि स्थानीय तहका सयौं कर्मचारीहरुलाई ठगेको गुनासो अहिले व्यापक रुपमा सुनिन थालेको छ ।
Advertisement 1
यसरी ठग्ने कर्मचारी हुन,अर्जुन शाही । कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा न ५ स्युनाका स्थायी बासिन्दा उनी जागिरको सिलसिलामा अहिले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकामा कार्यरत छन्,प्राविधिक फाँटमा ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कोषाध्यक्ष समेत रहेका उनी दशैंको मुखमा स्थानीय तहका कर्मचारीहरु सडक संघर्षमा हुँदा उनी पनि आन्दोलनमा मिसिन आइपुगेका थिए । त्यसलगतै आन्दोलनका क्रममा भेटिएका विभिन्न जिल्ला र स्थानीय तहका कर्मचारीहरुसँग पैसा माग्दै म्यासेज पठाए । म्यासेज थियो श्रीमती विरामी भएर अस्पतालमा भर्ना भएको,एपेन्डिक्सको आजै अप्रेशन गर्नुपर्ने ।
आन्दोलनकै क्रममा भेटिएका साथीको पीडा पछि धेरै जसो साथीहरुले उनले मागे अनुसार कसैलाई आठ हजार,कसैसँग दश हजार त कसैसँग १५ हजारसम्म सहयोग गरे । यसरी उनले कम्तिमा पनि एक सय भन्दा बढी कर्मचारीबाट रकम उठाएको विवरण अहिले छरपष्ट भएको छ ।
Advertisement 2
जब साथीहरुले रकम फिर्ता माग्न थाले तब साथीहरुको नम्बर ब्लकमा राख्ने,फोन नउठाउने गरेसँगै उनीहरुले आफू ठगिएको महसुस गरेका छन् ।
शाहीलाई नजिकबाट चिन्ने र जान्नेहरुका अनुसार,विगतमा पनि उनले यसैगरी ठगि गर्दै आएका थिए । यस अघि पनि विभिन्न कर्मचारीहरुलाई श्रीमतीको स्वास्थ्य अबस्था चिन्तानजक रहेको, मृत्युको मुखमा छ भन्दै कलेज को फि नतिरे कलेज बाट आउट हुन्छ रकम उठाएर सम्पर्क विहिन भएका बताइएको छ ।
यस अघि नेल्टा नामक पशु चिकित्सकहरुको संस्थामा आवद्ध रहँदा १३२ कर्मचारीहरुसँग २ हजारदेखि ४० हजार रकमसम्म त्यसैगरी उठाएका थिए । त्यहाँको बदमासी चाल पाएपछि उनले अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा जोडिएर कर्मचारीहरु ठगेका हुन ।
Advertisement 3
स्रोतका अनुसार दशैं र तिहारको बीचमा बिष सेवन गरेर आत्महत्या नै गर्ने खोजेका थिए । कृतिम ब्यक्तिगत समस्या देखाइ इमोस्नल ब्ल्याक मेल गर्दै घटीमा दुई हजारदेखि बढीमा ४० हजारसम्म उठाउँदै आएका यी प्राविधिक कर्मचारी अहिले पालिकाको सम्पर्कमा छैनन् । दशैं बिदामा कालिकोट गएका उनी कार्यालयमा हाजिर भइ नसकेको पालिकाले जनाएको छ ।