कर्मचारी शैक्षिक छात्रवृत्ति खोसेर सचिवले छोरीलाई स्वीजरल्याण्डमा पढाएको गम्भीर आरोप

परराष्ट्र सचिव भरतराज पौड्यालमाथि गम्भीर आरोप लगाउँदै उजुरी परेको छ । सचिव पदबाट निवृत्त हुनु अघि पौडेललाई सरकारले क्यानडाको राजदूतमा सिफारिस गरिएको थियो । गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी पौड्याललाई राजदूत सिफारिस गरेको हो ।
Advertisement 1
संसदीय समितिले प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरी आह्वान गरेकोमा संसदीय सुनुवाई समितिमा दुई वटा उजुरी परेको छ ।
उजुरीकर्ताले सचिव पौड्यालले राष्ट्रघात गरेको आरोप लगाएका छन् । कर्मचारीलाई प्रादन गर्नुपर्ने छात्रवृत्ति आफ्नो छोरीलाई दिलाएर राष्ट्रघात गरेको उजुरीकर्ताको आरोप छ ।‘नेपाल सरकारबाट आउने स्वीट्जरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपिएन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप’ परराष्ट्रको कर्मचारीलाई नदिएर आफ्नो छोरीलाई दिलाएको उजुरीमा उल्लेख छ।
पौड्यालले सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्ति छोरी पल्लभी पौड्याललाई दिलाएर राष्ट्रघात गरेको उजुरीकर्ताको आरोप लगाइएको छ ।उजुरीमा भनिएको छ,नेपाल सरकारबाट आउने स्वीट्जरल्याण्डको मास्टर्स अफ एड्भान्स स्टडिज युरोपिएन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप’ कर्मचारीलाई नदिएर छोरीलाई दिलाएको उजुरीकर्ताको आरोप छ ।
Advertisement 2
उजुरीकर्ताको दाबी अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिमहिना ६ लाख प्राप्त हुन्छ र छात्रवृत्तिको अवधि दुई वर्षको छ । नेपाल सरकारका कर्मचारीले छात्रवृत्ति पछि फर्केर देशको सेवा गर्न महत्वपूर्ण यो कोर्स दुरुपयोग गरेर प्रस्तावित राजदूत पौड्यालले राष्ट्रघात गरेको आरोप लगाउँदै संसदीय सुनुवाई समितिमा उजुरी परेको छ ।
Advertisement 3
पौड्याल यही २० मंसिरमा सेवानिवृत्त हुँदै छन् । सेवानिवृत्त हुनु अगाडि उनको नाम राजदूतका लागि सिफारिस गरिएसँगै उजुरीकर्ताले परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरुलाई अवसर दिइनुपर्ने हुँदा पौड्याल राजदूतका लागि अयोग्य भएको आरोप लगाएका छन् ।
पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे गर्ने निर्णय समितिले गरेको छ ।