सरकारी सेवामा दम्पत्ती सँगसँगै

दुनिँया नै जित्नेहरुको हो, उनीहरुको लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ, इतिहासको पानामा । कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई । अक्सर हामी एक÷दुईवटा असफलताबाटै निराश हुन्छौं र मोड्छौं जीवनको बाटो । तर, जीवनका परीक्षामा सफल हुन पटक–पटक पौँठेजोरी खेल्नैपर्छ असफलतासँग । धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि कहाँ जुर्छ र ? निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन । मात्र हुनुपर्छ दृढ इच्छाशक्ति र संकल्प हुनुपर्छ मनमा । असम्भव केही छैन दुनियाँमा ।

Advertisement 1

निजामती क्षेत्रमा यस्ता प्रेमिल जोडी छन्,जो सँगसँगै सरकारी सेवामा छन् । हालै मात्र नयाँ रेकर्ड कायम गराएका छन् । रेकर्ड राख्ने दम्पत्ति हुन्, मनबहादुर थापा र विना केसी । दम्पत्तीले नै एकै पटक शाखा अधिकृतमा नाम निकाले र एकै पटक पदस्थापन भए पनि । लोकसेवा आयोगल हालै विज्ञापन नम्बर १६६९५ –०७७÷ ७८ प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फको नतिजा सार्वजनिक गर्दा एउटै विज्ञापनमा लडेर अफिसरमा दम्पत्ती नै नाम निकाल्न सफल भएका मन र विना । उक्त जोडीको सफलता लोक सेवा आयोगप्रति रुचि राख्नेहरूका लागि प्रेरणाका स्रोत बनेको छ ।

थापा दम्पतीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पदस्थापनको स्थायी नियुक्ति पत्र प्राप्त गरिसकेका छन्,सामान्यले दुबैलाई अतिरिक्त समूहमा राखेका छ । पदस्थापन हुन भने बाँकी नै छ । मनबहादुरले निजामती सेवामा पाइला राखेको ६ बर्ष व्यतित भइसकेको छ । मनकै प्रेरणाले विना पनि ०७४ सालबाट निजामती सेवामा प्रवेश गरेकी हुन । साधरण परिवार,पढाइको खर्च जुटाउन गरेका कठिनतम संघर्ष,जेठो छोरा । आफू पछिका दुई भाइ र तीन बहिनीको जिम्मेवारी पनि काँधमा । देख्थें, घर खर्च र सन्तानका शिक्षा–दीक्षाका लागि खर्च जुटाउन पिताजी कालापहाडमा मजदुरी गर्थ जानुभएको ।

Advertisement 2

पिताकै साथ लागेर केही समय उनी पनि कालापाहाड पुगेर मजदरी गरेका छन् । त्यही मजदुरको छोराले बालकल्याण आधारभूत विद्यालय गुयालसिममा प्राथमिक तहको अध्ययन गरेका मनबहादुरले श्री कृष्ण माध्यमिक विद्यालय लकान्द्रबाट एसएलसी, होलिल्याण्ड उच्च माध्यमिक विद्यालय नेपालगञ्जमा कक्षा १२ हुँदै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर पार लगाए । ०७४ मा निजामतीमा पाइला राखेका उनले यस अघि केही समय मुगुको रारा राष्ट्रिय निकुञ्ज हुँदै आफ्नै गृहनगर ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए । त्यही समयमा एक पटक अधिकृतमा परीक्षा भिडें,असफल भए । अहिले अधिकृतमा परीक्षा भिडें,पत्नीसँगै आफ्नो नाम नाम निकाल्न सफल भए । उनको पत्नी विनाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी बर्दियाबाट एसएलसी,त्रि–भुवन उच्च मावि कोहलपुरबाट कक्षा १२ पास गरिन । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाटै स्नातक र स्नातकोत्तर पार लगाएका उनीहरुको भेट चाहिँ लोक सेवाको तयारी कक्षामा भेट भएको सुनाउँछन् ।

मनबहादुरले यो भन्दा पहिला एक पटक शाखा अधिकृतको लागि प्रयास गरिसकेका थिए । तर उनी सफल भएनन् । दोस्रो पटक जसरी पनि शाखा अधिकृत बन्छु भन्ने उनमा दृढता थियो । लगनशीलता र निरन्तर प्रयासले नतिजा आफ्नो पक्षमा आएको उनी सुनाउँछन् । विना भने पहिलो प्रयासमै शाखा अधिकृतमा सिफारिस भएकी हुन् । यसअघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् भने मनबहादुर आफ्नै गृह पालिका ठाटीकाँधमा अधिकृत स्तर छैटौँ तहमा कार्यरत थिए । सेक्सन अफिसर हुनु अघि विना सुर्खेत जिल्ला अदालमा नासुमा कार्यरत थिइन् । ०७४ सालमा निजामतीमा पाइला राखेकी उनीहरुबीचक लगनगाँठो चाहिँ कसियो ०७७ सालमा ।

Advertisement 3

निजामती सेवाभित्रको यस्तो प्रेमिल जोडी,जो हालैमात्र एकै पटक अधिकृतमा नाम निकालेर रेकर्ड कायम गर्न सफल भएका छन् । भन्छन्, जीवन नियममा होइन संयोगमा हुन्छ । अक्सर मान्छेहरू सफलतालाई मात्र देख्छन् तर सफलता प्राप्त गर्नका लागि गरिएको संघर्ष देख्दैनन् । संघर्षको भट्टीमा खारिएर दुःखका आरनमा अर्चापिएर शाखा अधिकृतसम्मको बाटो तय गर्न सफल भएका हुन् यिनले । लगातार नदीको बहावले ठुल्ठूला चट्टानलाई पनि पगाल्छ भनेझैं शाखा अधिकृत बन्न कम्ता पापड पेलेका हैनन् ।

यस्ता अनुकरणीय पात्र निजामती सेवामा धेरै भेटिन्छन्, जस्तो सावित्रा काफ्ले र नविन मैनाली दुबै अफिसर हुन तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्री उच्च अदालत पाटनमा र नविन सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र वानेश्वरमा आन्तरिक प्रशासन शाखा कमाण्ड गर्दै आएका छन् । निजामती सेवाको उच्च ओहोदा (अफिसर) तहमा पुग्ने अपाङ्गताको सम्भवत यो पहिलो जोडी हुनुपर्दछ ।

उसो त सरकारी सेवामा दाजु भाई,दिदीबहिनी नै एकै पटक शाखा अधिकृत बनेका उदाहरण यस अघि नै देखिसकिएको छ । अघिल्लो बर्षमात्र एकै परिवारका दाजुभाई दिनेश र दिपेश खनालले एकै पटक शाखा अधिकृतमा नाम निकालेर रेकर्ड कायम गरेकै हुन । एकाघरका सरकारी सेवामा लागेकाहरू त धेरै भेटिन्छन् । जस्तो अहिले स्वास्थ्य सचिव देवकुमारी गुरागाईका सातै जना दाजुभाइ दिदी बहिनी सरकारी जागिरे हुन् । दाई महेन्द्र लोकसेवाको सचिवबाट अवकाश पाएर निवृत्त जीवन बिताइरहेका छन् ।

यस अघि कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका पार्वती र बसन्ती भट्टसमेत एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भए । उसो त निजामतीमा सयौं जोडी श्रीमान श्रीमती छन् ।

हालै सामान्य सचिवको जिम्मेवारीमा पुगेका कृष्णहरि पुस्कर र सहसचिव आभा कर्ण दम्पत्ती हुन । यसका अलवा सहसचिवका तहकै ७ जोडी, सहसचिव र उपसचिव तहका ७, सहसचिव–शाखा अधिकृतका ९, उपसचिवका १३, उपसचिव–शाखा अधिकृतका २४ र शाखा अधिकृतका २० जोडी निजामती सेवामा रहेका छन् ।

यीमध्ये कतिपयले सरकारी सेवामा प्रवेश गरेपछि दाम्पत्य जीवन सुरु गरेका हुन् भने कतिपयले विवाहपछि एक–अर्कालाई आफ्नै पेसामा प्रवेश गराएका भेटिन्छ ।
यस्का अलवा निर्मल न्यौपाने र रेजिना कोइराला, लोकसेवा आयोगका सचिव राजकुमार पत्नी रोशनी पनि सरकारी सेवामा छन् । रोशनी हालै बाग्लुङ जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सो जिल्ला कमाण्ड गर्न पुगेकी छिन् । राजकुमार र उद्योग मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ दाजुभाइ हुन ।
हालै प्रमुख जिल्ला अधिकारी बनेर अर्घाखाँची पुगेकी मीना र गोपाल अर्याल पनि दम्पत्ती हुन । यस्तै हालैमात्र उपसचिवमा बढूवाका लागि सिफारिस भएका एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरे र पार्वता पनि दम्पत्ती हुन । उनीहरु सँगसँगै सरकारी सेवामा छन् ।

माओवादी निकट कर्मचारी संगठनका अध्यक्ष हरि रावल दम्पत्ती पनि एकै साथ निजामती सेवामा छन् ।

प्रकाशित :२०७९ फाल्गुन ३, बुधबार ०९:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry