स्थायी कर्मचारी “जोकरफाल्तु” हुने,करारका कर्मचारीको उल्टो हैकम चल्ने !

विकृती कस्तो छ भने,टुप्पी कसेर पढी लोकसेवाबाट नाम निकालेका स्थायी कर्मचारी ‘जोकरफाल्तु’ हुने,जिम्मेवारी नपाउने अनि हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएको आधारमा करारमा भर्ती भएकाहरुकै उल्टो हैकम चल्ने । सरकारी निकायमा देखिने विरहलाग्दो दृश्य हो यो ।

Advertisement 1

जस्तो केही अघि २९ जना कर्मचारी बढुवा भए,राजपत्र अनकित प्रथम श्रेणीमा (कम्युटर अपरेटर) । तीमध्ये अधिकांशको पदस्थापन माग नै नगरिएको ठाउँमा गरियो । केहीलाई संघबाट बाहिर लखेटियो । यसरी लोकसेवासँग माग भएका निकायमा उनीहरुलाई नपठाइने,अन्यन्त्रै लखेटिनु पर्नुका कारण थियो, करारका कर्मचारी ।
महालेखा परीक्षकको कार्यालयले कम्युटर अपरेटर मागेकै थिएन् । त्यहाँ ५ जना कर्मचारी खटाइयो । गृहले लोकसेवासँग १५ कम्युटर अधिकृत मागेकोमा ३ जना मात्र खटाइयो । निर्वाचन आयोगमा दुई जना अपरेटर खटाइएकोमा करार सेवाका कर्मचारीलाई देखाएर स्थायी नियुक्ति लिएका कर्मचारीलाई हाजिरै गर्न दिइएन् ।

यतिमात्र होइन केन्द्रमा बढुवा भइ,केन्द्रकै विज्ञापन अनुसार नाम निकालिएका कर्मचारीमध्ये कोहीलाई रसुवा,रामेछापजस्ता दुर्गम जिल्लातिर खटाइयो । उसैगरी २ कर्मचारीको पदस्थापन भयो भौतिक पूर्वाधार मन्त्रालयमा । सामान्यले भौतिक मन्त्रालय वा अन्तरगत भनेर पोष्टिङ गरिदिएपछि भौतिक मन्त्रालयले विभागमा पठायो । विभागले हामीले कम्युटर अपरेटर मागेकै छैनौं भन्दै जिल्लास्थित कार्यालय संघीय सडक सुपरीवेक्षक तथा अनुगमन केन्द्रमा पदस्थापन गरिदिएको छ ।

Advertisement 2

स्थायी कर्मचारीलाई बाहिर घुमेका घुम्यै छन् तर विभिन्न मन्त्रालयमा अहिले पनि करारका कर्मचारीको रजगज चलिरहेको छ ।

गृहमा अहिले १५ जना कम्युटर अपरेटर करार सेवामा कार्यरुत छन् । शिक्षामा १०,शहरीमा ८,सामान्य प्रशासनमा ६,उद्योगमा ३,निर्वाचन आयोगमा २,कानु्न र भौतिकमा दुई दुई जना र खेलकुद मन्त्रालयमा १ जना कम्युटर अपरेटर करारमा छन् ।

Advertisement 3

करारवालाको पावर कस्तोसम्म छ भने,केही अघि उद्योग विभागमा एक जना हाकिम थिए,उनले त्यहाँ कार्यरत एक जना करार सेवाको महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलीपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिवको गर्लफ्रेण्ड थिइन । ती सचिव अहिले पनि सरकारी सेवामै छन् ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार,अहिले अस्तित्वमा रहेका ४० वटा सार्वजनिक संस्थानमा मात्र साढे चार हजार करार सेवाका कर्मचारी कार्यरत छन् । अन्य सरकारी निकायमा झण्डै २० हजार हाराहारी करार सेवाका कर्मचारी कार्यरत रहेको बताइन्छ ।

प्रकाशित :२०७८ कार्तिक १०, बुधबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry