बद्नाम ठेकेदार पप्पुका मालिकलाई एमालेको माल्यार्पण

विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् । रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् । पार्टी सचिव योगेश भट्टराईले पछिल्ला हप्ताहरुमा चलाएका ठूला अभियानमध्ये पप्पुका मालिकसहित कांग्रेस, जसपा, लोसपा, सुशासन पार्टी लगायत दलका नेताहरुको एमाले प्रवेश हो ।

Advertisement 1

ओलीले भट्टराई, रघुवीर महासेठ, सरोज यादव लगायत नेतालाई छेउमा राखेर रौनियारलाई माला लगाइदिए । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा उनी विवादमा मुछिँदै आएका थिए । सत्ता, शक्तिको पहुँच लिएर उनले लिएका ठेक्काहरुमध्ये अधिकांशले खति गरे । अनि भ्रष्टाचार, अपारदर्शिता तथा कमसल निर्माणका कारण रौनियारले चलाएको पप्पु कन्स्ट्रक्सन मधेशमा मात्रै होइन, देशका विभिन्न ठाउँमै बद्नाम छ । विशेष अदालतबाट रौनियारसहित उनको कम्पनी भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल बन्नासाथै भत्किएपछि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असोज ०७५ मा दायर गरेको भ्रष्टाचार मुद्दामा २५ वैशाख २०७९ मा विशेष अदालतले रौनियारलाई दोषी ठहर गरेको थियो ।

०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा)बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए ।

प्रकाशित :२०८० मंसिर ६, बुधबार १०:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry