सूर्य नेपाल सेन्ट्रल ओपन : एमेच्योर गल्फर छिरिङ शीर्ष स्थानमा

गोकर्ण गल्फ क्लबमा प्रतिस्पर्धी ३३ प्रो गल्फरलाई दुई एमेच्योर खेलाडीले पछि पारे । टासी शीर्षस्थानमा रहँदा सदभाव ६ अन्डर ६६ सहित दोस्रोमा छन् । धरानका प्रोफेसनल गल्फर नीरज तामाङ ३ अन्डर ६९ सहित तेस्रो स्थानमा छन् । प्रोफेसनलतर्फ अगाडि रहेका नीरज एमेच्योर टासीभन्दा ४ स्ट्रोकले पछि छन् ।
Advertisement 1
२ अन्डर ७० सहित जयराम श्रेष्ठ चौथो स्थानमा रहँदा १ अन्डर ७१ को नतिजामा तोरणविक्रम शाही पाँचौंमा छन् । इभन पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीपकुमार लामाले संयुक्त छैटौं स्थान ओगटे । तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्त आठौंमा छन् । उनीहरूले १ ओभर ७३ को कार्ड बनाए ।
शीर्षस्थानका टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्टनाइन ७ अन्डर २९ मा पुरा गरे । यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे । पाँच पारको तेस्रो होलमा भने इगलको सफलता पाए । यसपछि १३, १५ र १७ औं होलमा एक–एक शट बचाए पनि १२, १७ र १८ औं होलमा बोगी खेप्दै ब्याकनाइन इभन पार ३६ मा सकेका थिए । सदभावले फ्रन्ट र ब्याकनाइन दुवै ३ अन्डर ३३ मा पुरा गरे । दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे । ११, १२, १४ र १७ औं होलमा एक–एक शट बचाए । १६ औं होलमा बोगीको सामना गरे ।
Advertisement 2
तेस्रो स्थानमा रहेका नीरजले फ्रन्टनाइन १ अन्डर ३५ मा सक्ने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक शट खेर फाले । उनले ब्याकनाइन २ अन्डर ३४ मा सके । यो क्रममा १० र १४ औं होलमा बर्डी प्रहार गरे भने ११ र १६ औं होलमा बोगी खेप्दा १२ औं होलमा इगलको सफलता पाए ।
प्रोफेसनल गल्फर जयराम श्रेष्ठ चौथो स्थानमा रहेका छन् । उनले १ अन्डर ७१ को कार्ड लेखाए । तोरणविक्रम शाही पाँचौँ स्थानमा छन् । इभन पार ७२ खेलेका दिनेश प्रजापति र प्रदीपकुमार लामाले संयुक्त रूपमा छैटौँ स्थानमा रहे । तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्त रूपमा आठौँ स्थानमा छन् । उनीहरूले १ ओभर ७३ को कार्ड बनाए ।
Advertisement 3
७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर खेलाडीको सहभागिता छ । दोस्रो दिन उत्कृष्ट २१ प्रो गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउने छन् । कुल ८ लाख ४० हजार नगद पुरस्कार राशिको प्रतियोगिता विजेताले १ लाख ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।