आइसीसी विश्वकप क्रिकेट लिग–२: टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौं। आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

Advertisement 1

अमेरिकालाई हराउँदै आज पनि स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा छ। स्कटल्यान्ड ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ। त्यसो त अमेरिका पनि स्कटल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ। अमेरिका ३६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ।

स्कटल्यान्डको प्लेइङ–११ मा कप्तान रिची बेरिङ्टनसहित जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, म्याथ्यु क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, सफयान शरीफ, ओलिभर डेभिड्सन र ज्याक जार्भिस छन्।

Advertisement 2

त्यस्तै अमेरिकाको प्लेइङ–११ मा शेहान जयसूर्या, हरमित बधन, रुशिल उगारकर, सैतेजा मुक्कामल्ला (कप्तान), सञ्जय कृष्णमूर्ति, शायन जहाँगिर, मिलिन्द कुमार, सौरभ नेत्रावलकर, शुभम रञ्जने, स्मित पटेल (विकेटकिपर) र नोस्तुश केन्जिगे छन्।

प्रकाशित :२०८३ जेष्ठ ६, बुधबार १०:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry