नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं। पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ।
Advertisement 1
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो।
पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो।
श्रीलङ्काले आज पहिलो सेटमा २५–१८ को जित निकालेको थियो। त्यसपछि खेलको लगातार २ सेट नेपालले आफ्नो पक्षमा पारयो। नेपाले दोस्रो सेट २५–२१ अङ्क र तेस्रो सेट २५–१९ अङ्कले जित्यो। श्रीलङ्काले चौथो सेट २५–२१ अंकले आफनो पक्षमा पा¥यो। अन्तिम सेट पनि श्रीलंकाले १५–११ ले हराउदै जित हासिल गरयो।
Advertisement 2
अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ। सिंगल राउन्ड रोविन लिगपछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान छन्।








