सचिव दुवाडीले सम्हाले कार्यभार

नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नारायणप्रसाद दुवाडीले कार्यभार सम्हालेका छन् । गत कार्तिक २३ मा बसेको क्याविनेट बैठकले सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवको रुपमा सरुवा गर्ने निर्णय भएको थियो ।
Advertisement 1
दुवाडीले आजदेखि कार्यभार सम्हालेका हुन्। २०७९ भदौ ६ गते सहसचिवबाट सचिवमा बढुवा भएका दुवाडी झण्डै चौध महिनापछि सूदुरपश्चिम प्रदेशबाट वाणिज्य सचिवका रुपमा मन्त्रालयमा आएका छन् ।
०७९ भदौंमा सचिवमा उक्लिएका नारायण शर्मा दुवाडीले १९ बर्ष अघि ०६० सालमा अधिकृतबाट निजामती सेवामा पाइला राखेका हुन । उनको पहिलो पोष्टिङ मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय,सुर्खेतमा भएको थियो । ७ बर्षपटि ६७ सालमा उपसचिवमा उक्लिएका नारायण शर्माले उपसचिवको हैसियतमा राष्ट्रपति कार्यालय,वाणिज्य मन्त्रालयमा कार्यरत रहे ।
Advertisement 2
०६९ सालमा सहसचिवमा बढुवा भएपछि लोकसेवा आयोग,गृह मन्त्रालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिताएका उनले मकवानपुरको प्रमुख जिल्ला अधिकारी चलाए ।यस्तै गृहकै शान्तिसुरक्षा महाशाखामा बसेर काम गरेका शर्मा प्रदेश सचिवका रुपमा सचिवका रुपमा लुम्बिनी र मधेश प्रदेशमा समेत केही समय बिताएका थिए ।
०७९ भदौंमा सचिवमा बढुवा भएसँगै उनको पदस्थापन सूदुरपश्चिम प्रदेशको प्रमुख सचिवको रुपमा भएको छ ।झण्डै १३ महिना प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका उनलाई मन्त्रालयमा ल्याइएको हो ।यसअघिका सचिव मधु मरासिनी निलम्बनमा परेपछि रिक्त रहेको स्थानमा दुवाडीलाई नियुक्त गरिएको हो।