हुम्लामा गोल्डकप प्रतियोगिता हुने

A football player kicks the ball during the UEFA Champions League football match Lille vs. Copenhagen on August 29, 2012 at the Grand stade in Villeneuve d'Ascq, northern France. AFP PHOTO DENIS CHARLET

हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार प्राप्त गर्नेछन् ।

Advertisement 1

हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता मङ्सिर ४ गतेदेखि सञ्चलन हुने हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णुबहादुर रावतले जानकारी दिए । उनका अनुसार गोल्डकप विजेताले रू दुई लाख एक सय ११ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले रू एक लाख एक सय ११ प्राप्त गर्नेछन् । यही मङ्सिर १ गतेदेखि आज साँझ ४ बजेसम्म टिम दर्ताको समय तोकिएको उनको भनाइ थियो ।

अध्यक्ष रावतले भने, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएकाले दुई दिन अघि हुने भनिएको खेल स्थगन गरी मङ्सिर ४ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हो ।” उनका अनुसार हालसम्म सात वटा क्लबले प्रतियोगिताका लागि दर्ता गराएका छन् ।

Advertisement 2

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको रावतले बताए । प्रत्येक प्रतिगोगितामा ‘म्यान अफ द म्याच’को व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि रू २० लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।

प्रकाशित :२०८० मंसिर ३, आईतवार १३:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry