एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक

आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८०र८१ को वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । विभिन्न उमेर समूहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू समावेश गरिएको छ । सार्वजनिक क्यालेण्डर अनुसार नेपालको शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग २०८१ पुसमा हुने छ । ए डिभिजन लिग अघि २०८१ को असोज र कात्तिकमा नेपाल सुपर लिग एनएसएल हुने छ । बी डिभिजन र सी डिभिजनका खेलहरू एउटै समय चैतमा हुने क्यालेण्डरमा समावेश छ । विभिन्न क्लबहरूसँग छलफल गरेर नै क्यालेण्डरलाई पुर्णता दिएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।

Advertisement 1

जसमा २ वर्षपछि एन्फाले महिला फुटबल लिग सञ्चालन गर्ने घोषणा पनि गरेको छ । महिला लिगमा पहिलो राउन्डमा ७ प्रदेशले सिङ्गल राउन्ड रोबिनमा आधारित खेल खेल्नेछन् । ती मध्ये शीर्ष ३ ले २०८१ मा ३ विभागीय क्लब र विदेशी क्लबहरूसमेत सहभागी गराएर प्रतियोगिता गराउने एन्फाले जनाएको छ ।

फुटसल प्रतियोगिता २०८१ वैशाख र जेठमा काठमाडौँ र पोखरामा हुनेछ । यू.१४ विद्यालयस्तरीय प्रतियोगितामा महिला र पुरुष दुवैको प्रतियोगिता जेठ र असारमा हुनेछ । यू.१६ युथ च्याम्पियनसिप २०८१ को साउनदेखि असोजसम्म हुने छ । ग्रासरुट लिग, प्रदेश स्तरीय लिग, एन्फा प्रेसिडेन्ट लिगलाई पनि क्यालेन्डरमा समावेश गरिएको छ । यी प्रतियोगिताहरू २०८१ साउनदेखि असोजसम्म हुनेछन् ।

Advertisement 2

ललित मेमोरियल यू(१८ युथ लिग, यू.१८ महिला युथ लिग कात्तिकदेखि पुससम्म हुनेछन् । अर्को वर्षको बी डिभिजन फुटसल लिग २०८१ असोज र कात्तिकमा हुनेछ । त्यस्तै, सी डिभिजन फुटसल लिग मंसिर र पुसमा हुनेछ ।

प्रकाशित :२०८० फाल्गुन १४, सोमबार १७:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry