राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यहरुलाई बिहीबार शपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरुमा ०८०।११।११ गते अर्थ मन्त्रालयका सहसचिव श्री नारायणप्रसाद रिसाल तथा प्रा.डा.श्री रामप्रसाद ज्ञवाली नियुक्त हुनु भएको छ । सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष श्री दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिनु भएको छ । सञ्चालक समितिका नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले एक कार्यक्रमका बीच बिहीबार नै पदबहाली समेत गर्नुभएको छ ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित :२०८० फाल्गुन १४, सोमबार १०:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%