एसिसी प्रिमियर कप क्रिकेट :बहराइनमाथि नेपालको जित

काठमाडौ एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ।

Advertisement 1

मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो।

बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो।

Advertisement 2

नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए। उनले ५८ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएका हुन। त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे। देव खनालले १० रन बनाए।

बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले ३ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउदै ८७ रनमा समेटिएको थियो।
बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए। त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Advertisement 3

बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए। यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिदा करण केसीले २ विकेट हात पारे। नेपालले आफनो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ।

प्रकाशित :२०८३ भाद्र १५, सोमबार १५:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry