सन्दर्भ :-लक्ष्मीपूजा !
मेरो हजुरबुबा कृष्णबहादुर कर्माचार्यले आजीवन लक्ष्मीसँग धन माग्नु भयो रे ! ख्वै कति पाए ? माग्दामाग्दै बित्नुभयो ! मैले वहाँलाई चिनिँन । हजुरबुबाले लक्ष्मीसँग मागेर छोड्नु भएको धनले पनि नपुगेर होला बुबा ज्ञानबहादुर कर्माचार्यले पनि आजीवन लक्ष्मीसँग धन माग्दा माग्दै थाकेर हामीसँग बिदा मागे !! बुबाका हामी ६ भाइ, म कान्छो हरिगोपाल कर्माचार्य । सबै पाँचै भाइ (दाइ)ले लक्ष्मीसँग धन मागे माहिलो र काँहिलो दाइ थाक्नु भयो यो लोकमा हुनुहुन्न बाँकी दाइहरु अझै लक्ष्मीसँग धन माग्दै हुनुहुन्छ ।
Advertisement 1
मैले चाहिँ जीवनमा न लक्ष्मीसँग धन मागेँ न सरस्वतीसँग विद्या नै न त मैले निजामती सेवाको हालसम्मको करिव ३८ वर्षमा सेवा दिएका लाखभन्दा बढी सेवाग्राहीहरुसँग सेवा शुल्क नै मागेँ ! मलाई यो माग्ने काम ठीक लाग्दैन नमागेरै पनि मलाई धन र विद्या पुगेकै जस्तो लाग्छ । यस्को मतलव बुवाले छोडेर जानुभएको वा मैले कमाएर मसँग अल्याख धन सम्पत्ति भएर पनि होइन, अनि म जन्मजात विद्वान भएर पनि होइन ।
मेहनत गर्छु, श्रम गर्दा, पसिना बग्दा मलाई लाज लाग्दैन बरु यसबाट ठीक्कको कमाई हुन्छ, कमाईले आर्जेको धनले ठीक्कको खर्च गर्छु । घाँटीमा सुनको सिक्री, नाडीमा सुनको ब्रासलेट, ओैंलाहरसमा सुनको ओैंठी, फेरिफेरि नयाँ नयाँ लुगा, जुत्ता, थरीथरीका सुट लगाउन नसकेकोमा मलाई फिटिक्कै चिन्ता छैन, र त मलाई एउटै लुगामा वर्षौं देख्न सक्नुहुन्छ नफाटुञ्जेल लगाउँछु, मर्मत गर्न मिलुञ्जेल मर्मत गरेर ! खाने खेल्ने कुराहरुमा पनि सोखिन छैन । म अलि लाटो मान्छे धेरैले वास: भनेर चिन्ने रक्सीसँग संगतै छैन ।
Advertisement 2
कोक फेन्टा लगायतका पेय पदार्थहरु पनि प्राथमिकतामा पर्दैन । चुरोट, गुट्खा, परागहरुको बास्ना आए टाढा भाग्छु । चार जना साथीहरु जमघट गरेर खेल्ने ५२ पत्ती पनि सिकिएन ! कसैभन्दा धनी नभएकोमा मलाई फिटिक्कै पीर छैन । यसर्थ यो माग्ने काम छोडौं, ठग्ने, लुट्ने काम छोडौं मेहनत गरौं, पसिना बगाओै, मेहनत पसिनाले जति कमाइन्छ त्यो नै सच्चा धन परिश्रमको फल मीठो हुन्छ । चाडपर्वमा देखासिकी गरि, ऋण काढेर खर्च नगरौं फजुल खर्च नगरेपछि गलत बाटोबाट कमाउन पनि परेन अमूक लक्ष्मीमातासँग धन दौलत माग्नु नि परेन । त्यो नै वास्तविक सन्तुष्टि हो त्यसैमा रमाओै !!!