स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै
उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिन उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । जसमा काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको हो ।
Advertisement 1
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोही बमोजिम उपत्यकाका सिडिओहरु छलफलमा जुट्ने भएका हुन् । सुरक्षा विज्ञहरुसँग पनि छलफल गरेर साझा धारणा तयार गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । उनले भने, ‘संक्रमणको दर बढेको हुनाले मन्त्रालयसँग समन्वय गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन्छौं ।’
काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ । सोमबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो । कोरोना संक्रमणपछि उनी होम आइसोलेसनमा रहेका छन् । पछिल्लो समय उच्च पदस्त अधिकारीलाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ ।
Advertisement 2
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, शक्ति बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गोविन्द रिजाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका वरिष्ठ सचिव शिशिर कुमार ढुंगाना लगायतलाई कोरोना संक्रमण भएको थियो ।