बागमती सरकारद्वारा ३ जनालाई सचिव पदमा बढुवा

बागमती प्रदेश सरकारले तीन जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

Advertisement 1

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत तीन जनालाई कर्मचारीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशक आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौँडामा कार्यरत डा. गौरीमान श्रेष्ठ, पुष्प विकास केन्द्र गोदावरीमा कार्यरत सुधीर श्रेष्ठ र कृषि केन्द्र ललितपुर कार्यरत नारायण कुमार श्रेष्ठलाई एघारौँ तहमा बढुवाको निर्णय गरेको हो । बढुवा भएका डा। गौरीमान श्रेष्ठलाई सम्बन्धित कार्यालयमा पदस्थापन गरिएको छ भने सुधीर श्रेष्ठलाई कृषि विकास निर्देशनालय हेटौँडामा र नारायण प्रसाद श्रेष्ठलाई कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र भण्डारा चितवनमा पदस्थापन गरिएको छ ।

Advertisement 2

संघीय सरकारले निजामती कर्मचारी ऐन जारी नगरेको अवस्थामा प्रदेश सरकारले धमाधम प्रदेश निजामती कर्मचारी ऐन कार्यान्वयन गर्दै कर्मचारीहरूलाई सचिवमा बढवा गरेको हो ।

 

प्रकाशित :२०८० कार्तिक २३, बिहीबार ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry