सिराहाबाट पेस्तोल, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले सिरहाको लहानबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। सोमबार ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

Advertisement 1

नियन्त्रणमा लिइएकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका–८ का ३१ वर्षीय अनिल राम, सोही नगरपालिका ५ बस्ने ३० वर्षीय  जिबानन्द  चौधरी  र सप्तरी जिल्लाकै खडक नगरपालिका-४ बस्ने ३५ वर्षीय सञ्जयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र शाहले जानकारी दिए ।

उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल,  एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार थान मोबाइल सेट र विभिन्न कम्पनीको ४ लाख ६४ हजार ५ सय मूल्य बराबरको रिचार्ज कार्ड बरामद भएको डिआइजी साहले बताए ।

Advertisement 2

उनीहरू विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।

प्रकाशित :२०८० कार्तिक २१, मंगलवार ०९:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry