११ करोडले घट्यो नबिल बैंकको नाफा,खराब कर्जा ३ दशमल ६९ प्रतिशत
नविल बैंकको नाफा खस्किएको छ । गत आर्थिक बर्षको प्रथम त्रैमासको तुलनामा यस आर्थिक बर्षको समीक्षा अवधिमा बैंकको नाफा ११ करोडले खुम्चिएको हो । नबिल बैंकले गत बर्षको पहिलो तीन महिनामा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिको पहिलो त्रैमासमा बैंकको नाफा ११ करोडले घटेर १ अर्ब ४६ करोडमा झर्न पुगेको छ ।
Advertisement 1
बैंकले सार्वजनिक गरेको आव २०८०/ ८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार नविलको आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ११ करोडले घटेको हो ।
बैंकको मुख्य आम्दानी अर्थात् खुद ब्याज आम्दानी भने गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ६७ करोड रहेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १७ करोड पुगेको छ ।
नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७२ पैसामा झरेको छ ।समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ, जगेडा कोष ३ दशमलव १२ प्रतिशत बढेर ३२ अर्ब रुपैयाँ रहेको छ । यस्तै बैंकको खराब कर्जा ३ दशमल ६९ प्रतिशत पुगेको छ ।
यस्तै सञ्चालन नाफा २ अर्ब १२ करोड ६१ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । बैंकले असोज मसान्तसम्ममा ४ खर्ब १४ अर्ब ४७ करोड ८० लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ५३ अर्ब ५६ करोड ६४ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।