एक कुसल इन्जिनियरः जो मधेसमा जन्मिए, हुम्ला जुम्लामा रमाए

धर्मेन्द्रकुमार झा आफ्नो जागिरे जीवनमा तराई र मधेसका जिल्ला मात्र होइन, विकट हिमाली जिल्ला हुम्ला, डोल्पा, जुम्ला कालीकोटसम्म सडक निर्माण तथा मर्मतका काममा सम्झना हुने गरी सेवा पुयाएका छन् । विगत १७ वर्ष देखि उनी सडक विभाग मातहतका विभिन्न आयोजना तथा कार्यालयहरूमा कार्यरत छन । यस क्रममा उनी ५० जिल्ला भन्दा बढी ठाउँमा पुगिसकेका छन् । हाल उनी आठ महिना देखि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सडक तथा जल यातायात शाखामा कार्यरत छन् । २०३४ साल मंसिर १५ गते रौतहट जिल्ला हालको दुर्गाभवगती गाउँपालिका ३ मा जन्मिएका झा कुशल इञ्जिनियर हुन् । उनले एसएलसिसम्मको प्रारम्भिक शिक्षा रौतहटको जुद्ध माध्यामिक विद्यालय गौरबाट अध्ययन गरेका थिए, जुन नेपालको तेश्रो पुरानो स्कूल हो । उनले २०४९सालमा एलएलसिको परिक्षा दिए र २०५० सालमा उतीर्ण भए । एसएलसि पछि उनले आएइएस्सी पास गरे । त्यसपछि उनी इञ्जिनियरको विषयतीर लागे । उनको रुची पनि यही क्षेत्रतीर थियो । त्यसपछि उनले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट इञ्जिनियरमा पास गरे उनी २०६१ सालमा । त्यसपछि मास्टर डिग्रीमा इन्भारमेण्ट सिभिल इञ्जिनियरिङमा उत्तीर्ण भए । त्यसपछि पनि उनको अध्ययन रोकिएन । त्यो सँगसँगै, ०६१र६२ मा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट ग्रामिण विकास विषयमा पनि इञिजनयरिङ तहमा पास गरे । त्यसपछि अध्ययन गर्न उनी भारत पुगे । भारत गए पछि उनले त्यहाँ केही समय काम गरे । गुजरात सरकार अन्तगर्तको गुजरात स्टेट हाइवे प्रोजक्टको वर्ल्ड बैकंको कन्सल्टेण्ट भएर साढे दुई वर्ष काम गरे । २०६३ सालमा उनी काठमाडौ फर्के । २०६३ पुस महिनामा लोकसेवा आयोगबाट इञ्जिनियरिङ तर्फ राजपत्रांकित तृतिय श्रेणीमा (शाखा अधिकृत सरह) मा पास भए । त्यसपछि उनी सरकारी जागिरीमा आबद्ध भए । त्यो बेला देखि अहिलेसम्म अविछिन्न रुपमा सरकारी सेवामा कार्यरत छन् । सरकारी सेवामा प्रवेश गरे पछि उनको पहिलो पोष्टिङ सडक डिभिजन इलाममा भयो । त्यसयता कामको सिलसिलामा उनी दर्जनौ जिल्लामा पुगिसकेका छन् । यहाँसम्म कि दुर्गम हिमाली जिल्लामा काम गरेका छन् ।
त्यसो त, इलामको सडक डिभिजन कार्यालय उनको पहिलो जागिरी अनुभव होइन । पहिलो सरकारी जागिरी भने हो नै । बिइ पास गरे पछि उनले काठमाडौ इञ्जिनियरिङ कलेज र एडभान्ट इञ्जिनियरङि कलेजमा ‘पार्ट टाइम’ अध्यापन गरेका थिए । करिब डेढ वर्षसम्म यी दुई कलेजमा अध्यापन गरे । यी कलेज उनको पहिलो जागिरी थियो । त्यसो त उनले आफ्नो पकेट खर्च जोगाउन उनले पार्ट टाइममा पढाएका थिए ।
Advertisement 1
इलाम पुगे पछि उनी करिब एक वर्ष जति त्यहीं बसे । त्यसपछि उनको खुट्टामा समस्या भयो । खुट्टाको हड्डिमा थोरै चोट लागे पछि उनलाई हिडडुल गर्न समस्या भयो । त्यसपछि उनको सरुवा जनकपुरमा भयो । त्यहाँ पनि सडक डिभिजन कार्यालयमै काम गरे । जनकपुरमा २ वर्ष जति काम गारे । त्यो बेला माओवादी भरखरै शान्ति प्रक्रिया आएको थियो । माओवादीका लडाकुहरूको व्यवस्थापन भइसकेको थिएन । लडाकुहरुकोलागि सिन्धुलीको दूधौरी, सिन्धुलीको भिमान तथा महोत्तरीमा शिविर बनाइएको थियो। ती शिविरहरु सम्म पुग्न पहुँच मार्ग निर्माण गर्ने जिम्मा झाको काँधमा आयो । त्यसबेला झालाई राष्ट्रिय राजमार्गहरूको मर्मत सम्भार गर्ने जिम्मा पनि दिइएको थियो । त्यो बेला उनले सर्लाही र सिन्धुली जिल्ला हेर्ने गर्थे । ती जिल्लामा रहेका राजमार्गको काम हेर्थे । त्यो सँगसँगै डिजाइन इन्जिनियरिङ र ठेक्क पट्टा सम्बन्धी काम पनि हेर्यो । माओवादी शान्ति प्रक्रियामा आइसके पछि तराई मधेसमा गोइत समूह, राजन समुह, जनतान्त्रिक मुक्ति मोर्चा जस्ता विभिन्न नामधारी सशस्त्र समुहहरुको विगविगी नै थियो । त्या बेला सरकारी कर्मचारीहरुलाई काम गर्न निकै गाह्रो थियो । त्यो समयमा केही व्यक्तिको मृत्य पनि भएको थियो । त्यस्तो कठिनाइको बाबद उनले तराई मधेसमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निभाए । उनी कार्यरत हुँदा त्यस्तो अप्रिय घटना भएन । २०६६ सालमा उनी फेरि काठमाडौं फर्के । काठमाडौं आइसके पछि उनी काठमाडौ डिभिजन कार्यालयमा काम गर्न सुरु गरे । त्यसबेला उनले दुई वटा कार्यलयका कार्यालय प्रमुख बलराम मिश्र र गोपाल खड्कासँग काम गरे । त्यो समयमा उनले सडक मर्मतको काम हेर्थे । पेप्सीकोलमा उनको प्लान्ट र गोदाम थियो । त्यहाँबाट निर्माण सामाग्री लिएर हरेक दिन जसो सडकहरुमा खाल्डो पुर्ने काम गर्नु पर्थ्यो । त्यो सँगैसँगै उनले साना साना ठेक्का पनि हेयें। त्यो बेला उनको कार्यक्षेत्र नागढुगातीर थियो । त्यही क्रममा २०६७ सालतीतर नागढुगादेखि करिब २ किलोमिटर पर नपुग्दै मुख्य राजमार्गमा करिब १ सय मिटर बाटो वर्षादले भत्क्यो । त्यो बाटो बनाउनु उनकोलागि चूनौतीका काम थियो। मुख्य हाइवे भएकोले जतिसक्दो चाँडो निर्माण गर्न उनलाई दबाब थियो । त्यो बेला उनले तलबाटै पखाल लगाएर एक हप्तामै सडक सञ्चालन गरेका थिए । मुख्य हाइवे भत्केपछि त्यो बेला एक हप्तासम्म सवारी साधान एकतर्फी मात्र सञ्चालन भएका थिए । एकतर्फी सञ्चालन गर्न पनि नालीमा ढुगा राख्नु परेको थियो । एक हप्ता पछि दुई तर्फी बाटो खुल्यो । यो चुनौतीमा उनी सफल भए ।
२०६८ मा उनी कर्णाली पुगे । त्यहाँ उनी कालीकोट, जुम्ला हुम्ला सडक योजनाको कामु योजना प्रमुख भए । त्यो बेला कर्णाली कोरिडोरका अन्तर्गत कालिकोटको लेपÞm देखि पिलेचौरसम्म ट्र्याक खोले । त्यो बेला उनले कर्णाली नदीमा गाडी पार गराउन फेरि बनाउने काम गरे । त्यो काम निकै चुनौतीपूर्ण थियो । त्यो बेला हेलिकप्टरबाट मेशीन ल्याइएको थियो । हेलिकप्टरबाट पार्ट पार्टमा ल्याइएका मेशीन जोडेर बाटो नपुगेको र अत्यन्त विकट ठाउ बाजुराको पिले, कवाडमा ट्र्याक खोल्ने काम आफैमा चुनौतीपूर्ण थियो । अहिले त्यहाँ पुल बनेको छ । हुम्लामा अहिले नेपाली सेनाले ट्र्याक खन्ने काम गरेको छ । त्यहाँ पनि उनी करिब डेढ वर्ष काम गरे। दुर्गम ठाउमा काम गरे पछि उनले भौगलिक नम्बर पाए। सरकारी कर्मचारीहरु बढुवा हुनकोलागि नम्बर पाउन दुर्गम ठाउमा काम गर्नु पर्ने हुन्छ । यसबाट उनले नम्बर पनि पाए र चुनौतीपूर्ण काम पनि गरे ।
Advertisement 2
त्यसपछि उनले फेरि लोकसेवा आयोगको परिक्षा दिए। आयोगबाट हाइवे समुहतर्फ प्राविधिक उपसचिव (सिनिएर डिभिजन इञ्जिनियर) मा नाम निकाले काठमाडौमा एक महिना बसे पछि उनको पोस्टिङ सडक डिभिजन दाङमा भयो करिब दुई वर्षसम्म उनी दाङमा काम गरे त्यहाँ पनि उनले सम्झनालायक काम गरे । दाङको मुसोटमा वर्षायाममा सधै समस्या हुन्थ्यो । कतिपटक गाडी चिप्लिए दुर्घटनामा परेका थिए । त्यहाँ उनले ढलान गरेर सडक पक्कि बनाए । त्यो बेला दुई महिना राजमार्ग बन्द नै भयो । त्यो बेला उनले तुलसीपुर घोराही सडक विस्तारको काम सुरु गरे । दाङमा भएकोबेला उनले कटुवा खोला र पत्रे खोलमा पुलको ठेक्का लगाउने काम गरे । दाङमै हुँदा उनले तुलसीपुर देखि पुरनधारासम्मको सडक कालोपत्रे गरे । घेराही, सोनापुर, रोल्पा सिमेण्ट उद्योगसम्म पहँचमार्ग बनाए । त्यसपछि २०७१ फागुन काठमाडौ आए । काठमाडौ आए पछि काठमाडौं डिभिजन कार्यालयमा डिभिजन प्रमुख भइ गरे। काठमाडौमा २ वर्ष बसे । त्यो बेलामा काठमाडौको करिव डेढ सय किलोमिटर सडक विस्तारको काम गरे । त्यो बेला काठमाडौ उपत्यका विकास प्राधिकरणमा भाइकाजी तिवारी प्रमुख आयुक्तमा कार्यरत थिए ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६८/६९ सालतीरबाट काठमाडौमा सडक विस्तारको प्रारम्भ भएको थियो । तर काम गर्ने बेला भने झा काठमाडौ आएका थिए । त्यो बेला गरिएको काम अहिले देखिएको छ । २०७३ फागुनमा उनको सरुवा सडक डिभिजन कार्यालय चितवनमा गरियो । चितवन पुगे पछि उनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा भरतपुर बाइपास, महेन्द्र राजमार्गको पुल्चोक देखि गोडद्राङ (टाडी) सम्मको सडकलाई ६ लेन बनाउन सर्वे डिजाइनको काम गरे । त्यसको दुई वर्ष पछि उनी सडक डिभिजन कार्यालय चरिकोटमा सरुवा भए। त्यहाँ पनि सडक निर्माण र ममर्तको काम गरे । दोलखमा उनी एक वर्ष भन्दा बढी बसे । त्यसपछि उनी सिन्धुली फुर्कोटको सडक डिभिजनमा कार्यालयमा पुगे । यसपछि संघीय मामिला मन्त्रालयले उनलाई कर्णाली प्रदेशको सुर्खेतमा सरुवा गरि पठायो । त्यहाँ उनी भौतिक पूर्वाधार मन्त्रालयमा खटिए । त्यहाँ ३/४ महिना काम गरे पछि कर्णाली प्रदेश सरकारले उनलाई भौतिक पूर्वाधार मन्त्रालयको प्रदेश सचिवको जिम्मा दियो । त्यो बेला महेन्द्रबहादुर शाही मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्री थिए। त्यो समयमा सडक निर्माणको काम ठप्प भै थियो । झा पुगे पछि कर्णाली प्रदेशका १० वटै जिल्लामा ठेक्का लाग्यो । पुराना सडकमा मर्मत सम्भार गर्ने कामले पनि तीव्रता पायो त्यही बेलामा झोलुड़े पुलको काम पनि भयो । त्यो समयमा काम गर्न झासँग एउटा टिम थियो। ुत्यो बेला मैले धेरे सिक्ने मौका पनि पाएु उनले भने ।
Advertisement 3
त्यसपछि गोपाल सिग्देल प्रदेश सचिव भएर सुर्खेत पुगे । त्यसपछि उनको सरुवा कर्णालीकै जलस्रोत तथा उर्जा मन्त्रालयमा भयो । करिब ७ महिनासम्म उनले त्यस मन्त्रालयको कामु सचिव भइ जिम्मा सम्हाले । शेरबहादुर देउवा प्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री भएको बेला २०७८ असोजमा उनलाई हुलाकी सडक निर्देशनालयमा ल्याइयो । हुलाकी सडकमा आए पछि यस योजनाको मातहतमा पर्ने योजना कार्यलयहरु इटहरी, विरगन्ज, भरतपुर, नेपालगञ्ज, धनगढी लगायतका ठाउमा फिल्डमै गएर रोकिएका कामहरुलाई तीव्रता दिएका थिए। त्यहाँ १८ महिना काम गर्दा उनले लक्ष्य भन्दा बढी नै काम गरे ।
राष्ट्रिय गौरवको हुलाकी राजमार्गको हालसम्मको प्रगति ९१ प्रतिशत पुगेको छ । त्यस्तै अगिल्लो आवमा लक्ष्यका आधारमा वित्तीय प्रगति झन्डै ९८ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको थियो । गत वर्ष १६ पुल सम्पन्न गर्ने लक्ष्य लिइएकामा १६ वटै सम्पन्न भएको र दुई सय ५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइएकामा एक सय ४८ किमी कालोपत्र सम्पन्न गरेका थिए । पूर्व–पश्चिम राजमार्गबाट सुरु भएर हुलाकी राजमार्गलाई पार गरी भारतीय सीमासम्म पुग्ने गरी ‘फिडर रोड’ निर्माण गरिएको छ । हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेको ‘फिडर सडक’ बाहेक अरू निकायबाट पनि उत्तर दक्षिण जोड्ने गरी सडक निर्माण गरिएको छ । जागिरी जिवनको क्रममा उनी धेरै जिल्लामा काम गरीसकेका छन् । यस क्रममा इलाम, पाँचथर, ताप्लेजुङ, सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, काठमाडौ, कालिकोट, जुम्ला, हुम्ला, दैलेख र बाजुरमा उनले काम गरेको अनुभव उनीसंग छ । सुर्खेत बस्दा उनले दाङ, सल्यान, रुकुममा काम गरेका थिए । यस क्रममा उनले दोलखा, सिन्धुपाल्चोक, चितवन, धादिङ, डोल्पा, जाजरकोट, मुगु जिल्लामा पनि काम गरे । हुलाकी सडकमा आइसके पछि उनी तराइका २१ जिल्लामा काम गरेका छन् । यस क्रममा उनले ५० भन्दा बढी जिल्लामा सडक निर्माण तथा मर्मत, तथा पुल निर्माणको काममा प्रत्यक्ष्य सेवा गरेका छन् । समाज र देशकोलागि यो ठूलो काम हो । झा तराई मधेसमा जन्मे हुर्केका हुन् । तराई मधेसमा जन्मेको व्यक्ति विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट, मुगु, डोल्पामा काम गर्दा नयाँ अनुभव हुन्छ नै । उनलाई नयाँ अनुभव भएको छ । कर्णालीबासीहरुको दुख, र त्यहाँको कष्टकर जीवनलाई उनले नजिकबाट हेर्ने मौक पाए । ‘त्यहाँ मैले धेरै फरक पाए । त्यहांको भाषा, संस्कृति, रीतिरिवाज, भाषा बुझ्ने र नयाँ नयाँ खानपिनको मौका पनि पाएु झाले भने, तर त्यहाँ मलाई कुनै अप्ठयारो महशुस भएन ।’ उनले साच्चै भन्ने हो भने म त्यहाँ रमाए । जाँहा बस्यो त्यहाँ रमाउने मरो बानी नै छ ।’
कर्णाली जस्तो विकट ठाउँमा बाटो, सडक बनाएर, राज्यले दिएको बजेटलाई अधिकतमा सदुपयोग गरेर कर्णालीबासीलाई सहयोग पुयाएको उनको भनाइ छ । बाटो नपुगेको ठाउमा बाटो बनायौ । पुल बनायौ । राज्यले दिएको वजेटलाई अधिकतमा उपयोग गर्दै सेवा गर्ने मौका पाएु उनले भने । माथिल्लो कर्णाली डोल्पा, कालिकोट, जुम्ला, हुम्लामा झनै गरिबी रहेको उनको अनुभव छ । झाका अनुसार तराईका २१ जिल्ला जाहाँ हुलाकी सडकले छोएका, तर अभै कालोपत्र नभएका ठाउँ छन, ती ठाउँमा पनि जनजीवन कष्टकर छ ।
त्यसो त, झलाई अध्ययन गर्न कुनै दुख थिएन । उनी सम्पन्न परिवारकै हुन् । उनका पिता घरेलु तथा साना उद्योग कार्यालयका खाशा अधिकृत हुन् । अहिले उनले अवकाश लिएका छन् । त्यसैले उच्च शिक्षा अध्ययन गर्न पनि उनलाई समस्या भएन । उनका तीन जना दाजुभाइ हुन् । तिनै जना इञ्जिनियर छन् । उनको सानै देखिको चाहना सरकारी जागिरी नै हो । सरकारी जागिरबाट अवकाश पाए पछि पनि नीजि क्षेत्रमा जागिरी नै गर्ने उनको भनाइ छ । अवकाश पछि परामर्श सेवामा काम गर्ने उनको योजना छ । ुम खुशी नै छु । नेपाल सरकारले पत्याएको छ । जिम्मेवारी दिएको छ । जनताको सेवा गर्न पाएको छु झाले भने ‘अहिले मैले आफ्नै गाउँ अगाडिको बाटो बनाउन पाएको छु । आफ्नै ठाउँमा बागमतीमा पुल बनेको थिएन । अहिले पुल बनाएको छु ।’ २०६१मा उनले मागि विवाह गरे ।
नेपाल किन पछि परेको हो, तपाईंको अनुभवले के भन्छ भनी सोधिएको जिज्ञासमा उनले भने, ‘नेपालले आफ्नो स्रोत, साधनको अधिकतम परिचालन नगरेर पछि परेको हो । ८० हजार मेगावट हाइड्रोपावर, तथा पर्यटनको अत्यधिक सम्भावना भएको देश हो । त्यसलाई हामीले वजारीकरण गर्न सकेका छैनौ । यहाँ थुप्रै मन्दिर, मस्जिद छन् ।’ त्यसो भए, नेता या कर्मचारीको कारणले देश पछि परेको हो त, भनी सोधिएको अर्को जिज्ञसामा उनले कुटनीतिक किसिमबाट जवाफ दिए, ‘सबै नेता खराब छन भन्ने होइन । कर्मचारी पनि सबै खराव छन भन्ने होइन । राम्रा कर्मचारी पनि छन् । राम्रा नेता र राम्रा कर्मचारीको कारण देश बनीरहेको छ ।