दीपक मनाङेका भाइ ललितपुर प्रहरीको हिरासतमा

प्रहरीले ललितपुरबाट जेठ १६ लागुऔषधसहित जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ, कोर्तो गुरूङ र अम्रिता खड्कालाई पक्राउ गर्‍यो।

Advertisement 1

ललितपुर महानगरपालिका कुमारीपाटीबाट पक्राउ परेका उनीहरू अहिले ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलको हिरासतमा छन्। पक्राउ पर्नेमध्येका कोर्तो गुरूङ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ हुन्। पकनाजोल बस्ने कोर्तो गुरूङलाई अजय वा रेम्बो भनेर पनि चिनिन्छ। कुनै बेला गुण्डाको छवि बनाएका मनाङे मन्त्री हुँदा उनका भाइ अहिले हिरासतमा छन्। कोर्तोको आपराधिक पृष्ठभूमि लामो छ। विभिन्न घटनामा उनी धेरै पटक पक्राउ परिसकेको ललितपुर परिसरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।

 

प्रकाशित :२०७८ जेष्ठ २६, बुधबार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम