सिंहदरबारमा रमिताः हाकिमको विषयलाई लिएर सिंहदरबारमा मन्त्रीकै अगाडि भनाभन

प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर र सचिवबिच भनाभन र गालीगलौज भएको छ । रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल र आम जनता पार्टीका केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाबिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भनाभन र गालीगलौज भएको होे ।

Advertisement 1

मेयर जैसवालले कादिरबाबु देवानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाउन कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव सुमन दाहालसँग कुरा गरिरहेका थिए । सोही क्रममा त्यहाँ पहिलादेखि बसिरहेका आमजनता पार्टीका केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले कुनै उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतमा पठाउनुपर्ने बताए। सोहि क्रमम सचिव सापकोटा र मेयर अजय प्रकाशबिच मन्त्रीकै अगाडि भनाभन, गालीगलौज हात हालाहाल नै भयो ।

सहसचिवको दरबन्दी भएको स्थानमा उपसचिवबाट काम चलाउने, उपसचिवको दरबन्दी रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा निमित्तबाट काम चलाउने जस्ता विकृति देखिएको मन्त्रालयले जनाएको छ। अहिले पनि मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै दर्जन बढी सहसचिव, दर्जन उपसचिवलाई बरण्डामा थन्क्याइएको छ भने सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ।

प्रकाशित :२०८० आश्विन २३, मंगलवार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry