आर्थिक बर्षको अन्त्यमा अर्थ मन्त्रालय नेतृत्वबिहिन,सहसचिवहरुलाई बालुवाटारमा डाकियो
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थ मन्त्रालयका सहसचिवहरुलाई बालुवाटारमा डाकेका छन् । विवादमा परेर अर्थमन्त्री जर्नादन शर्मा हिजोमात्र पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालय आफैंसँग राखेका छन । अर्थमन्त्री समेत रहेका शेरबहादुर देउवाले अर्थका सहसचिवहरुलाई बालुवाटारमा डाकेका हुन ।
अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् भने राजश्व सचिव कृष्णहरि पुष्कर अष्ट्रेलियातिर पुगेका छन् ।
Advertisement 1
आर्थिक बर्षको अन्त्यमा अर्थ मन्त्रालय नेतृत्वबिहिन बन्न पुगेको हो । अहिले अर्थका सहसचिवहरु भूपाल बराल र केदारनाथ शर्मा,ढुण्डीराज निरौला,अर्जुनकुमार खड्का,राजेश्वर ज्ञवाली, रमेशकुमार केसी,महेश आचार्य,इश्वरीप्रसाद अर्याल,बाबुराम सुवेदी,चक्र बूढा लगायतका सहसचिव रहेका छन् । उनीहरु सबैलाई बालुवाटारमा डाकिएको हो ।
Advertisement 2
प्रकाशित :२०७९ असार २३, बिहीबार १३:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%