मन्त्रिपरिषद्को बैठक जारी, शहरीले सचिव पाउँदै
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो। मंगलबार साँझ नियमित बैठक बसेको हो।
Advertisement 1
बैठकले शहरी मन्त्रालयमा रिक्त सचिव नियुक्त गर्ने छ। शहरी विकास सचिव रविन्द्रनाथ श्रेष्ठले २०८० असोज ११ गते ५८ वर्ष उमेर हदकाकारण अनिवार्य अवकास पाएका छन् । उनको अवकाशसँगै रिक्त सचिवमा जानका लागि राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सुरेश प्रसाद आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका मणिराम गेलाल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी विज्ञान तथा प्रविधितर्फकी प्रमिलादेवी बज्राचार्यको आएको चर्चा छ ।
प्रकाशित :२०८० आश्विन १६, मंगलवार १९:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%