चार दर्जन बढी कर्मचारी सरुवा फाइल सदर गरेपछि बल्ल गर्यो मन्त्रालयले सचिवको बिदाई

शहरी विकास मन्त्रालयले सचिवको विधाई कार्यक्रम यसरी गर्यो कि मानौं भोलिपल्ट उज्यालो नै हुँदैन । अनिवार्य अवकाशमा गएका शहरी सचिव रविन्द्रनाथ श्रेष्ठलाई रातको आठ बजे मन्त्रालयमा बोलाएर बिदाई किन गर्नुपरेको होला ? हिजो दिँउसै किन बिधाई कार्यक्रम राख्न सकिएन ?

Advertisement 1

कारण थियो,अवकाशको मुखमा चार दर्जन बढी कर्मचारी सरुवाको फाइलमा हस्ताक्षर गर्न दबाब आएपछि सचिव गायब भए । श्रेष्ठलाई मन्त्री सीता गुरुङको सचिवालयले अनेकन आश्वासन दबाब र प्रभावमा पार्यो । उठेको सरुवाको टिप्पणी फाइल सदर नगरे,मन्त्रालयले औपचारिक रुपमा बिदाईको कार्यक्रम नै नराख्ने बताइएपछि सचिव गले र अन्तत बुधबार राती नै सो काम फत्ये गरेर हिजै बिधाई कार्यक्रम राखिएको शहरी मन्त्रालय स्रोतले दावा गरेको छ । दिनभर गायब भएका सचिव रातको आठ बजे मन्त्रालयमा झुल्किए । राती नै विधाईको कार्यक्रम राखियो र विधाई गरियो ।

उमेर हदका कारण अनिवार्य अवकाशमा गएका सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई राती कार्यक्रम राखेर मन्त्रालयमा बिदाई गरिएको छ । अवकाश अघि सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतका संघीय आयोजना कार्यन्वयन इकाई, डिभिजन गरी ४० भन्दा बढी डीईहरुको सरुवाको सूची तयार भएको थियो ।

Advertisement 2

तर सचिव श्रेष्ठले उक्त फाइलमा हस्ताक्षर गर्न मानेका थिएनन् । सरुवाको सूचीमा हस्ताक्षर नगर्दा मन्त्रालयले औपचािरक रुपमा बिदाईको कार्यक्रम नै नराख्ने स्थिति बन्यो शहरीका एक अधिकारीले इकर्मचारी डटकमलाई भने,त्यही कारण हिजो राती आठ बजे बिधाईको कार्यक्रम राखिएको हो ।

सचिव श्रेष्ठ आजबाट अनिवार्य अवकाशमा जाँदैछन् । सोही कारण हिजो राती बिदाईको कार्यक्रम राखिएको थियो । स्रोतका अनुसार सचिव श्रेष्ठ ७ बजेर ५ मिनेट जाँदा सिंहदरबार छिरेका थिए । बेलुको ८ बजेर ३७ मिनेटमा मन्त्रालयबाट बिधाई भएर निस्किए ।
यसरी अनिवार्य अवकाश पाएर घर जानु अघि ४० भन्दा बढी इिईहरुको सरुवामा हस्ताक्षर गरेका छन् । सोही हस्ताक्षर गर्ने सहमति पछि मात्र मन्त्रालयले उनको बिदाईको कार्यक्रम राखेको हो ।
सरुवाको सूची अनुसार,भ्रष्टाचारमा मुछिएका र यसअघि आकर्षक बजेट भएको कार्यालयमा कार्यरतहरुलाई नै पुनः अर्को आकर्षकमा पठाउने गरी सूची बनेको छ । अवकाशको मुखमा पुगेका सचिवले आर्थिक चलखेलमा गरेका छन् । यसमा भवन विभागमा डिजी सुरेन्द्रमोहन श्रेष्ठदेखि प्रशासन शाखाका उपसचिव डिल्ली श्रेष्ठ र रमाकान्त अर्याल सरुवाको सूची बनाएका शहरी स्रोतले जनाएको छ ।
यस बिषयमा प्रशासन महाशाखा प्रमुख रमाकान्त अर्याललाई इकर्मचारी डटकमले जिज्ञासा राख्दा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

Advertisement 3

प्रकाशित :२०८० आश्विन ११, बिहीबार ०७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry