विनोद चौधरीको कम्पनीमा आयकर विभागले हान्यो छापा
विवादास्पद व्यवसायी तथा सांसद विनोद चौधरीको भारतको राजस्थानस्थित वाईवाई कम्पनीमा आयकर विभागले छापा मारेको छ । जयपुरस्थित वाईवाई कम्पनीले आयकर छलेको आशंकामा छापा मारिएको बताइएको छ ।
Advertisement 1
भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो दिउँसो जयपुर,दौसा र सिकरमा छापा मार्ने क्रममा चौधरीको कम्पनीमा पनि विभागका अधिकारीहरु पुगेका थिए । समाचारमा भनिएको छ, ‘राजस्थानी मूलका नेपाली डलर अर्बपति चौधरीको कम्पनीमा छापा मारिएको छ ।’
वाइवाइ नुडल्सको नाममा उनले गरेको व्यापारमा कर छलेको आशंका छ । उनले सिजी कर्प ग्लोबलको नाममा त्यहाँ वाइवाइ कारखाना स्थापना गरेका छन् ।
Advertisement 2
चौधरीले विदेशमा कमाएको धन नेपाल नल्याएको,यताको रकम अन्यत्र लगेको आरोप लाग्दै आएको छ । उनले करमुक्त राष्ट्रहरुमा करोडौं डलर पुर्याएको यसअघि नै पानामा पेपरले खुलासा गरिसकेको छ ।
प्रकाशित :२०८० आश्विन १०, बुधबार १३:२८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%