संघीय निजामती ऐन अब नयाँ संसदबाट

प्रतिनिधि सभा बैठकको आजको बैठकले एकै पटक तीन वटा विद्येयक पारित गरेको छ । आजको बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको हो । जसमध्ये पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ । त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ ।

Advertisement 1

प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ । संसदको यो सदनबाट चासो र चर्चा साथ हेरिएको संघीय निजामती सेवा ऐन भने अलपत्र परेको छ । सरकारले फास्ट ट्र्याकबाट ऐन ल्याउने तयारी गरे पनि विफल भएको हो ।

यो संसदले ६४ वटा विद्येयकहरु प्रमाणीकरण गरेको छ तर संघीयता पछि निकै महत्वपूर्ण मानिएको संघीय निजामती सेवा ऐन भने समितिबाट पास भएर सदनमा पुगेर फिर्ता आउँदा फेरि अलपत्र परेको छ । जस्का कारण लाखौं कर्मचारीहरु संघीय कानुन नहुँदा ३० बर्षे पूरानो कानुनबाट मागनिर्देश हुनु परेको छ ।

Advertisement 2

अब यो विद्येयक आगामी ४ मंसिरको निर्वाचनपछि बन्ने नयाँ संसद्बाट मात्रै आउने सक्नेछ । संघीय निजामती विधेयकको मस्यौदा कानुन मन्त्रालयमा लामो समयदेखि अड्किँदै आएको छ । कानुनले विधेयकमा सत्तारूढ दलबीच नै राजनीतिक सहमति जुट्न नसकेको भन्दै सो विधेयक रोकेको बताइएको छ ।

संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा देशको कर्मचारी प्रशासन २९ वर्षअघि बनेको निजामती सेवा ऐन र नियमावलीअनुसार सञ्चालन हुन बाध्य छ । जुन ऐनले अहिलेको संघीय शासन प्रणालीको मर्मअनुसारको कर्मचारी प्रशासनलाई सम्बोधन गर्न सकिरहेको छैन ।

प्रकाशित :२०७९ भाद्र ३१, शुक्रबार १६:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry