मकवानपुरबाट ९ सय १९ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर सशस्त्र प्रहरीले लागु औषध गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
Advertisement 1
गाजाको कारोबार भइ सवारी आउँदै गरेको विशेष सूचनाको आधारमा आज सशस्त्र प्रहरीले चितवको खुरखुरेबाट बिरगंज हुँदै इण्डिया तर्फ जाँदै गरेको एन एल ०१ एसी २१४५ नम्बरको ट्रकमा भएको ६० प्याकेट (९१९.३२४ किलो गाँजा सहित दुइ जनालाई पक्राउ गरेको हो । भारतीय नागरिक बलरामपुर बिर्तापुर बस्ने ४५ वर्षे ४५ दुलारे यादव र सह चालक ३६ बर्षे योगेश वर्मा पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वाटर मकवानपुरले जानकारी दिएको छ ।
Advertisement 2
आज विहान साढे ४ बजे बजे गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक लक्ष्मण बहादुर सिंहको आदेशानुसार डिब्बावाल कन्टेनरलाई नियन्त्रणमा लिई प्रारम्भिक चेकजाँच गर्दा केही फेला नपरेको र पुन बिस्तृत रुपमा चेकजाँच गर्दा उक्त कन्टेनरको ड्राईभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाएको र ६ ईन्च काटेर हेर्दा गाँजा फेला पारेको छ ।
Advertisement 3