ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर आज काठमाडौं आउँदै छन्।

Advertisement 1

राष्ट्रपति ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर ३ दिनका लागि नेपाल भ्रमणका लागि आउन लागेका हुन्।

भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्ने योजना बनाएका छन् । तर हालसम्म उक्त भेटघाट निश्चित नभइसकेको बताइएको छ।

Advertisement 2

गोरले यसअघि बंगलादेश, भुटान, श्रीलंकालगायत देशको भ्रमण गरी त्यहाँका राष्ट्र प्रमुखहरूसँग भेट गरिसकेका छन्। नेपालमा भने प्रधानमन्त्रीसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग गोरको भेटघाट तालिका निश्चित भएको छ।

प्रकाशित :२०८३ बैशाख १७, बिहीबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry