विद्युतीय खरिद प्रणालीको सहजीकरणको लागि हटलाइनको व्यवस्था

इजिपी प्रणाली चलाउन नजानेर वा चलाउदा चलाउदै आउने व्दिविधा आउने समस्यामा त हुनुहुन्न यसको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले सहयोग कक्ष अर्थात हटलाइनको व्यवस्था गरिसकेको छ ।

Advertisement 1

सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास गरेको विद्युतीय खरिद प्रणालीको प्रयोगमा सहजता ल्याउन र सो प्रणालीको प्रयोगमा सार्वजनिक निकाय र वस्तु वा सेवाको आपूर्तिकर्ता र निर्माण व्यवसायीले विद्युतीय खरिद प्रणालीको सफ्टवयर प्रयोग गर्दा कुनै समस्या आए वा अस्पस्टता भए सो को तत्काल समाधानका लागि सहयोग कक्ष अर्थात हटलाइनको व्यवस्था गरेको छ । सार्वजनिक खरिद जटिल र प्राविधिक विषय भएको र रु २० लाख भन्दा बढीका सवै खरिदहरुमा विद्युतीय खरिद प्रणालीको प्रयोग अनिवार्य भएकोले विद्युतीय खरिद प्रणालीको प्रयोगमा प्रयोगकर्ताहरुलाई सहजीकरण गर्न विहान ७ बजे देखि सांझ ७ बजे सम्म सहयोग कक्षवाट यस प्रकारको सेवा लिन सकिने कुरा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताए ।

उनका अनुसार यसका लागि दुईवटा ल्याण्ड लाइन नम्वर 01-5382639, 01-5300516 र आठ वटा मोवाइल नम्वरहरु 9841325431, 9865056678, 9849115673, 9861383063, 9860685159, 9814970370, 9861489014, 9803009827 को व्यवस्था गरिएको उनले बताए ।

Advertisement 2

यी हटलाइनहरुवाट विद्युतीय खरिद प्रणालीको स्थापना र सञ्चालनको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले विकास गरेको बोलपत्र डट गभ डट एन पि को प्रयोग गर्ने तरिका प्रणाली प्रयोग कर्ताको लागि युजर नेम र पासवर्ड लिने तरिका खरिद महाशाखा वा शाखा वा इकाईको गठन तथा अद्यावधिक गर्ने, खरिद योजनाको तयारी, स्वीकृति, परिमार्जन र प्रकाशन गर्ने, खरिद कार्यको बोलपत्र वा प्रस्ताव कागजात तयारी, स्वीकृति र प्रकाशन गर्ने, बोलपत्र पेश गर्नुपूर्वको बैठक आयोजना गरेको अवस्थामा सो बैठकको माइन्यूट प्रकाशन गर्ने, बोलपत्र वा प्रस्ताव खोल्ने मिति र समयको वारेमा खरिद प्रक्रियामा सहभागी बोलपत्रदाताहरुलाई प्रणालीबाटै जानकारी दिने, खरिदको आशयपत्रको सुचना जारी गर्ने, खरिद निर्णयको पुनरावलोकन सम्बन्धी कार्य गर्ने, खरिदको सम्झौता र करार व्यवस्थापन सम्बन्धी कार्य गर्ने, खरिद कार्यको विद्युतीय भुक्तानी गर्ने, सार्वजनिक खरिद व्यवस्थापन सुचना प्रणाली व्यवस्थित गर्ने क्रममा प्रणालीको प्रणालीको प्रयोगमा आएका समस्याहरुवारे समाधान प्राप्त गर्न सकिनेछ । यसै गरि बोलपत्रदाताहरुले पनि विद्युतीय प्रणालीको प्रयोगमा सामना गरेका समस्या वा अस्पस्टतालाइ हटलाइन प्रयोग गरि सहयोग प्राप्त गर्न सक्दछन् ।

बोलपत्रदाताहरुले बोलपत्र पेश गर्ने तरिका, बोलपत्र सम्बन्धी कागजातमा द्विविधाको जानकारी लिने, संयुक्त उपक्रममा भाग लिने भएमा सो सम्बन्धी कार्य, खरिद पुनरावलोकनको लागि निवेदन पेश गर्ने, बोलपत्र सम्बन्धी जमानतहरु पेश गर्ने , खरिदको सम्झौता सम्बन्धी कार्य र खरिदको भुक्तानी माग गर्ने कार्य विद्युतीय प्रणालीवाटै गर्नु पर्नेछ । सहयोग कक्ष मा रहेका हटलाइनहरुवाट यी लगायत अन्य आवश्यक विषयमा जानकारी लिन सकिने कुरा उनले बताए । कार्यालयको र विद्युतीय खरिद प्रणालीको वेवसाइटवाट कुन कुन बोलपत्र हरुको सूचना प्रकाशन भएको छ र सो को म्याद कति वांकी छ भन्ने कुरा पनि जानकारी लिन सकिने उनले बताए । साथै वेव साइटमा विभिन्न नमूना बोलपत्र काजगातहरु ऐन नियम र निर्देशिकाहरु पनि राखिएको उनले वताए ।

प्रकाशित :२०८० भाद्र ३०, शनिबार ०६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry