सरकारी प्रशासनिक खर्च र माननीय अर्थ मन्त्रीलाई खुल्ला पत्र

सुजन कसी

Advertisement 1

एउटा अनलाईन समाचार मार्फत थाहा पाए, निजामती लगायत सरकारी कर्मचारीको मंहगी भत्ता र लुगा भत्ता आउने बजेटबाट काटिदैछ । त्यसै पनि सरकारी सेवाको पारिश्रमिक कति नै धेरै छ र । माननीय अर्थ मन्त्रीज्यू मासिक २००० महङगी भत्ता आफैमा ठुलो रकम त हैन तर पनि थोरै नियमित आय भएका कर्मचारीहरुको लागि रु. २००० छोराछोरीको स्कुल शुल्क हो, हुर्किदै गरेका नानिहरुका लागि लिटो खाने रकम हो । सार्वजनिक साधन प्रयोग गरेर कार्यालय धाउनेहरुको नियमित गाडी भाडा हो । सबैलाई यो रकमको ठुलो महत्व नभए नि । ठुलो कर्मचारीको संख्या छ उसको लागि यसले धेरै महत्व राख्छ ।

यति भनिराख्दा मलाई यो नि थाहा छ , देश आर्थिक रुपमा सहज बाटोमा छैन, सरकारलाई ठुलो प्रशासनिक खर्च भार छ । पुजिगत तथा प्रशासनिक खर्चको अनुपात जटिल बन्दै गएको छ । यो जटिलताको बीचबाट आगामी आब को बजेट आउने पुर्व सन्धयामा कर्मचारीको उत्साहलाई यथावत राख्दै प्रशासनिक खर्च घटाउने केही संरचनागत र प्रशासनिक सुधार बुदागत रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छु ।

Advertisement 2

0 बिकासे मन्त्रालय (जस्तैः भौतिक, शहरी बिकास, खानेपानी, उर्जा आदि मन्त्रालय) मार्फत हुने बिकास योजना र ठेक्काको हालको कन्टिनजेन्सीको नाममा खर्च हुने रकम घटाउन सकिने ।
0 यो कन्टिनजेन्सी रकमको सदुपयोग भए नभएको अनुगमन र निगरानी आवश्यक भैसकेको, कन्टिन्जेन्सी रकमबाट अनआवश्यक ज्यालादारी कर्मचारी (भान्से, कार्यालय सहयोगी, सुपरभाईजर आदि) राख्न, सवारी खरिद, ल्यापटप, मोबाईल खरिदलाई निरुत्साहित गरि ईन्धनमा हुने दुरुपयोग (नेता, कार्यकर्ताको सवारी ईन्धन, घर,ससुराली जान प्रयोग हुने ईन्धन) रोक्ने ।
0 कर्मचारीको आन्तिरक प्रशासन भित्र कार्यालयमा बसि बसी वा आवश्यक नभएको काममा समेत भ्रमण काज लिने एउटा डर लाग्दो र घातक बेथिति पाइन्छ, सो कार्यलाई यथासिघ्र निरुत्साहित गर्न आवश्यक छ ।
0 सरकारी कार्यालय भित्रका भौतिक संरचना, फर्निचरमा खर्च शुन्य गर्न सकिने तथा अन्य मसलन्दलाई अधिकतम मीतब्यही गर्ने सकिने ।
0 तालिम, गोष्ठी सकेसम्म अनलाईन प्रबिधिबाट गर्ने सो सम्भव नहुने भएमा सार्बजनिक सभा हलमा संचालन गर्ने । होटलमा तालिम गोष्ठी गर्ने कार्यलाई निरुतसाहित गर्ने ।
0 काठ्माडौ उपत्यका भित्र सचिब, बिभागीय प्रमुंख, कार्यालय प्रमुखहरुलाई बिधुतीय गाडी चढ्न प्रोत्साहित गरि पेट्रोलरडिजेलको खपत कम गर्ने।
0 सरकारी खर्चमा गरिने भोज भतेर नगर्ने । बिभिन्न फरक शिर्षक राखी सरकारी भोज भतेर गर्ने गरेको पाईन्छ, सो को सुश्म निगरानी राख्ने ।
0 बिधमान जनशक्तिबाट सम्पादन हुन नसक्ने जटिल कार्यहरु मात्र परामर्श सेवा मार्फत गर्ने ।

यी बिषयहरु आफैमा पुर्ण छैनन, तथापी सरकारी सेवामा रहेका कर्मचारीको गास काट्ने कार्य मात्र समाधान होईन भन्ने कुरा हेक्का राख्नुहोला । समस्या एकातिर छ समाधान अर्को तिर खोज्ने हाम्रो परम्परागत शैली यस पटक बजेट निर्माणमा नहोस ।माननीय मन्त्रीज्यूलाई शुभकामना ।

Advertisement 3

 

प्रकाशित :२०८० बैशाख २९, शुक्रबार ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry