विदेशिएका सन्तानहरू
नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष र प्रतिनिधि सभाका पूर्व सभामुख तथा प्रतिनिधि सभा सांसद सुवास नेम्वांगको असामयीक निधनले नेपालको राजनीतिक वृत्तमा स्तब्धता छाएको छ, स्वर्गीय नेम्वांग प्रति हार्दिक श्रद्धान्जली छ।
Advertisement 1
स्वर्गीय नेम्वांग आफैमा बिद्वान हुन्, राज्यको नीति निर्माण तहमा लामो समय रहेका ब्यक्ति समेत हुन् तर उनको पार्थिव शरीरको अन्त्येष्ठी गर्न उनका छोराहरूको लागि पर्खनु पर्र्ने भयो। किनभने उनका दुवै छोराहरू विदेश रहेछन्। हुन सक्छ, विदेशिनु छोराहरूको चाहना वा परिवारको चाहना जे भए पनि यस्ता पढे लेखेका र राज्यको महत्वपूर्ण ओहोदामा बसेका स्व। नेम्बांगले आफ्ना छोरालाई नेपाल मै अडिने वातावरण किन बनाउन सकेनन् ? यो प्रश्न सोचनीय छ। विदेशमा बसेकालाई पलायनताको संज्ञा दिएर कोही पनि उम्कन पाउने देखिदैन। यसरी विदेशिन पर्नुमा ७५ प्रतिशत बाध्यता कै कारण हुन सक्छ।
नेपालमा रोजगारी छैन, तत्काल रोजगारीका अवसर दिलाउन समेत सम्भव छैन, अध्ययनका लागि स्तरीय ब्यबस्था छैन ,फेरि नेपालमा विभिन्न राजनीतिक दलले आफू स्थापनाका लागि यूवाहरूलाई जवर्जस्त प्रयोग गर्ने कार्य सामान्य जस्तै भै सकेको परिस्थितिलाई हेर्ने हो भने हरेक अभिभावकले सन्तानको भविष्य खोज्न बिभिन्न बिकल्प हेर्नु पर्ने हुन्छ, हुन सक्छ स्व। नेम्वांगले पनि यस्तै सोचेर आफ्ना दुई बटै छोरालाई विदेश पठाए, त्यसैले उनको शवले अन्तिम संस्कारका लागि थप समय कुर्नु पर्यो। आज यस्तो परिस्थिति अधिकांश अभिभावकले ब्यहोर्नु परेको कटु यथार्थता भएको छ।
Advertisement 2
यूवाहरूको पलायन हाम्रा अभिभावकको मात्र नभएर समस्त देशको समस्या बनेर आएको छ। यसले गर्दा हामी संग राम्रा र स्तरीय प्राविधिक, अर्थशास्त्री, राजनीतिज्ञ, प्रशासकहरूको खडेरी परिरहेको छ। यस तर्फ राज्यले सोच्न ढिला भई सकेको छ।सन्तानको भविष्य नहेरेका केही उच्च नेताका सन्तानहरू तस्करी र ठगीमा लागेर अनुसन्धानको घेरा भित्र परेको पाईन्छ। यसरी देश भित्र गुणस्तरीय यूवाहरूको अभाव हुदै जानु निश्चय पनि राष्ट्रको लागि दुःखद् पक्ष हो। यसैले यसो हुनुका कारणहरू पहिचान गरी तिनीहरूको सुधार गर्नुको बिकल्प छैन। हामीहरूले स्वदेशमा भन्दा विदेशकमा के को आकर्षण देखेर सन्तानलाई विदेश जान अभिप्रेरित गर्दैछौ ? के हामीले हाम्रो देश भित्र ती आकर्षणहरू सृजना गर्न सक्दैनौरु यदि ती र त्यस्तै आकर्षणहरू देश भित्र सृजना गर्न सक्छौ भने के ले त्यसो गर्न रोकेको छ ? के संविधान र कानूनमा कडाई गरेर मात्र यस्तो पलायन रोक्न सकिन्छ ? अवश्य पनि सकिदैन। यसको लागि हाम्रा सन्ततीलाई विदेश तिर तान्ने तत्वहरूलाई नेपाल भित्रै सृजना नगरे सम्म यस्तो पलायन रोक्न सकिदैन। हामीहरू विदेशिन बाध्य पार्ने तत्वहरूको सूची धेरै लामो भने छैन तर यसको आधार तयार गर्न भने राज्य र स्वयं जनताले बढी मेहनत गर्नु पर्ने हुन्छ। राज्यले गर्ने लगानी शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित गर्नु पर्ने हुन्छ। देशको आन्तरिक साधन र श्रोतले मात्र यो आवश्यकतालाई पूरा गर्न सक्दैन। यसको निम्ति दातृ निकायको विश्वास आर्जन गरेर वैदेशिक सहयोग लिन सकिन्छ, मन फुकाएर आन्तरिक सहयोग लिन सकिन्छ। तर यहा सरकार उपर जनता र दातृ निकायको विश्वास टुटेको अवस्था छ। हाम्रो राजनीतिक क्षेत्रले जनता र दातृ निकायलाई विश्वास लिन सकेको छैन।
अवका दिनमा उल्लिखित समस्याहरूलाई समाधान गर्न सकियो भने मात्र हाम्रो यूवा जनशक्तिलाई मुलुक भित्र अड्याउन सक्छौ र यूवालाई देश विकासमा लगाउन सक्ने छौ, हैन भने हाम्रा युवा मात्र हैन हाम्रो देश नै पलायन हुने समय नआउला भन्न सकिदैन।हाम्रा नीति निर्माताले यो देश हाम्रा भविष्यका पिंढीको त के कुरा आफ्नो कृयाशील जीवन सम्म पनि धान्न सक्ने देखिएन, यिनले गरेका ब्यबहारले त्यस्तै छनक दिई रहेको छ। देशको राजनीतिलाई परिवारमा केन्द्रित गर्दै पेशामा रूपान्तरण गरेका छन्। न्यायपालिकालाई आफ्नो नियन्त्रणमा राखेर पार्टीको भर्ति केन्द्र बनाएका छन्। राजनीतिलाई अपराधीकरण गरेका छन्। जनतालाई दाश र भेडा बनाएका छन्। यस्तो मुलुकमा यूवाहरू कसरी अडिने ? त्यसैले नेपालका अधिकांश यूवाहरू आफ्नो क्षमता बमोजिमको परदेश रोज्न बाध्य छन्।
Advertisement 3
यसरी विदेशिने सन्तानका लागि स्वदेश फिर्तिका लागि वातावरण बन्ने अवस्था र स्थिति नरहेकोले हरेक नेपालीको नियति स्व। नेम्बांगजीको भन्दा पृथक हुने देखिदैन।