स्थायी कर्मचारी “जोकरफाल्तु,” करारका कर्मचारीको उल्टै हैकम
टुप्पी कसेर पढेर,लोकसेवा भीडेर स्थायी नियुक्ती खाएका कर्मचारीहरु ‘जोकरफाल्तु’हुने,हाकिमका साली,गलफ्रेन्ड,नातेदार भएकै आधारमा करारमा नियुक्त भएका कर्मचारीको उल्टै हैकम चल्ने ।
यस्तै सिंहदरबारदेखि स्थानीय तहसम्म देखिएको विरहलाग्दो दृश्य हो यो । संघकै कार्यालयमा स्थायी नियुक्ति पाएका कर्मचारीहरु प्रदेश र जिल्लातिर पठाएर करारका कर्मचारीको रजगज चलिरहेको छ । करारवालाको पावर कस्तोसम्म छ भने,केही अघि उद्योग विभागमा एक जना हाकिम थिए,उनले त्यहाँ कार्यरत एक जना करार सेवाको महिला कर्मचारीलाई हटाउन खोजे । बदलामा भोलीपल्टै उनको सरुवा त्यहाँबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा गराइयो । ती सहसचिवले हटाउन खोजेका करार सेवाको कर्मचारी कुनै सचिवको गर्लफ्रेण्ड थिइन । ती सचिव अहिले पनि सरकारी सेवामै छन् ।
कतिसम्म भने,गृह मन्त्रालयमा मात्र ७ जना कम्युटर अप्रेटर करार सेवाकै कर्मचारी राखिएको छ । त्यहाँको कर्मचारी प्रशासन फाँटमा हर्ताकर्ता समेत कर्मचारीलाई हर्ताकर्ता बनाएर राखिएको छ । पूर्व कृषि सचिव निकटको एक महिला कर्मचारी कृषिको हर्ताकर्ता कर्मचारीका रुपमा चिनिन्छिन् । त्यहाँ सात जना करार सेवाका कम्युटर अपरेटर कार्यरत छन्,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९ जना,शहरीमा ८,शिक्षामा १०,कानुन मन्त्रालयमा २,भौतिकमा २ जना करार सेवाकै कम्युटर अधिकृतको रजगज चलिरहेको छ । अधिकांश मन्त्रालयदेखि स्थानीय तहसम्म करार सेवाकै कर्मचारीहरुको रजगज देखिन्छ । कतिसम्म भने कूल १ लाख ३६ हजार १२२ दरबन्दीमध्ये ८५ हजार ६ सय ५६ स्थायी पदपूर्ति बाँकी करार सेवाका कर्मचारी छन् । अर्थात त्याृे दरबन्दी करारबाटै चलाइएको छ ।
Advertisement 1
नियम अनुसार, कार्यालय सहयोगी, ड्राइभरलगायतका पदबाहेक करारमा कर्मचारी राख्न बर्जित छ । तर,स्थानीय तहमै ३५ हजार,संघमा १४ हजार, प्रदेशमा ६ हजार र संगठित संस्था, समितिलगायतमा करिब पाँच गरी झण्डै ६० हजार कर्मचारी करार सेवाकै छन् ।
नियम अनुसार बढीमा १ बर्षभन्दा बढी समय करार सेवामा काम लगाउन मिल्दैन तर ३० बर्षसम्म करारमा काम गर्न कर्मचारी सिंहदरबारमै भेटिन्छन् । हाकिम, कार्यालय प्रमुखजस्ता पहँुचवालाका नातागोता आफन्तहरु मनलाग्दी नियुक्ति र मनलाग्दो ढंगले करार नविकरण हुँदै आएको छ । जस्तो देशभरकै मालपोत कार्यालयमा मात्र १६८ जना कम्युटर अपरेटरहरुमात्र करार सेवाकै कर्मचारी कार्यरत छन् । मुलुकभरका १०५ वटा कार्यालयमा १६८ जना कम्युटर अपरेटरहरु करार सेवामा राखेर चलाइएको छ । यस्तै तामेलदार २१ र सुरक्षा गार्ड १६ जना कार्यरत रहेका भेटिएको छ । करार र ज्यालादारीका कर्मचारी राख्ने कानूनतः प्रतिस्पर्धात्मक र पारदर्शी विधि छ, त्यो हुँदाहुँदै मनपरी आफुखुशी अनुरुप गैरकानूनी रुपमा अनैतिक रुपमा नियुक्ति गरी करार सेवा निर्देशिका २०५९ समेत उल्लंघन गर्दै आएको छ ।
Advertisement 2
एकातिर दक्ष र योग्य युवाहरु बेरोजागर बनिरहने र अर्काेतिर हाकिम र नेताका नजिका भएकै आधारमा अयोग्य भए पनि सार्वजनिक पदमा कार्यरत रहिरहने परिपाटी सुध्रन्छ कहिले,सुर्धाछ कस्ले ?