सीमाबारे बोलेको भन्दै हुम्लाका सहायक सिडिओलाई गृहको २४ घण्टे स्पष्टिकरण

नेपाल चीन सीमाबारे विवादित अभिव्यक्ति दिएको भन्दै हुम्लाका साहायक प्रमुख जिल्ला अधिकारीसँग गृहले स्पष्टिकरण सोधेको छ । गृहले चीनसँगको सीमा विवादबारे गलत तथ्य दिएको भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टिकरण सोधेको हो। मन्त्रालयले हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषयमा सञ्चारमाध्यममा गलत सूचना दिएको भन्दै स्पष्टिकरण सोधेको हो । हमाललाई २४ घण्टाभित्र स्पष्टिकरण पठाउन गृहले पत्र काटेको गृह स्रोतले जनाएको छ ।

Advertisement 1

हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएपछि उक्त क्षेत्रको निरीक्षण तथा ११ नम्बर पिल्लरको खोजीमा गएका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले आफ्नो अनुपस्थितिमा हमाललाई जिम्मेवारी दिएका थिए।

प्रजिअ गिरी सुरक्षा निकायको टोली लिएर शनिबार सीमातिर गएका थिए। उनी अझै फर्केका छैनन्। बुधबार नै नेपाल चीन सीमामा रहेको ११ नम्बर पिल्लर बुधवार भेटिएको छ।

Advertisement 2

सीडीओ गिरीको अनुपस्थितिमा हमालले जिम्मेवारी सम्हालेका थिए। सो क्रममा उनले सञ्चारमाध्यममा दिएको सूचनाका कारण उनलाई स्पष्टिकरण सोधेको हो। यो विषयमा मन्त्रालयले बोल्नुपर्ने भएपनि उनले बोलेकाले स्पष्टिकरण सोधेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयले बुधवारै भवन बनाएको उक्त भूमि चीनकै हो भनिसकेको छ। चिनियाँ दूतावासले पनि हिजै उक्त भूमि आफ्नै भएको दावी गरेको थियो।

प्रकाशित :२०७७ आश्विन ८, बिहीबार १२:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry