सशस्त्र प्रहरीद्वारा साढे २ लाखको काजु पेस्ता बरामद

सशस्त्र प्रहरी बलले करिब साढे २ लाखको सामान बराम्द गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ८ गणधनुषाद्वारा आज साढे १ बजे २ लाख ४० हजार बराबरको काजु पेस्ता बरामद गरेको हो । विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक मुकुन्द घिमिरेको कमाण्डमा -७ जनाको टोली, बि.ओ.पि. देबडिहाबाट सप्रनानी कमल बहादुर श्रेष्ठको कमाण्डमा -७ जना र जनकपुर भन्सार कार्यालय बाट नासु चेत नारायण श्रेष्ठ को-३ जनाको संयुक्त टोलीले उक्त समान बरामद गरेको हो ।
Advertisement 1
धनुषा नगराइन नगरपालिका ७ बिर्ता स्थित धान खेतमा बेवारिसे अवश्थामा लुकाई राखेको १ सय ८० केजी छोकडा, ९० केजी काजु र ४० केजी पेस्ता बरामद गरी आबस्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाएको गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक यदु कार्कीले जानकारी दिए।
नम्बर ८ गण, धनुषाले यो आर्थिक बर्षमा करीब ३ करोड मुल्य बराबरको सामान बरामद गरी भन्सारमा बुझाएको छ । अबैध तस्करी नियन्त्रणका लागि नं ८ गणले बिशेष सुरक्षा योजना तयार गरी सोही अनुसार जनशक्ति परिचालन गरिएको साथै राजश्व अनुसन्धान तथा भन्सार कार्यालय संग समन्वय गरी काम कारबाही गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।