यिनै हुन ओली-प्रचण्डजस्ता हस्तीलाई हराउने ऋृषिराम कट्टेल !

rishiram katter

सर्वाेच्चले नेकपा पार्टीको आधिकारिताको ऋृषि कट्टेललाई दिएसँगै उनी अहिले चर्चामा छन् । सत्ता र शक्तिको आडमा उनको पार्टीको नाम प्रचण्ड र ओलीहरुले हात पारेका थिए ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा नेकपा थपेको थियो ।कट्टेलले ७५ सालमै आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भन्दै रिट दर्ज गरेका थिए । सो मुद्धाको फैसला दुई बर्ष पछि गर्दै उनले अदालतबाट न्याय पाएका हुन । कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

Advertisement 1

This image has an empty alt attribute; its file name is rishi-1.jpg


सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले वैधानिकता नपाउने फैसला सुनाएसँगै अहिले साना वाम पार्टीका ऋृषि कट्टेल चर्चामा छन् । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
यसरी प्रचण्ड र ओलीजस्ता राजनीतिक हस्तिहरुलाई हराउने ऋृषि नेपालका पुराना कम्युनिष्ट नेता हुन् । उनी पुष्पलाल पन्थी । जनमोर्चा, एमाले, माले हुँदै सीपी मैनालीसँग काम गरे तर विचार नमिल्दा बाटो मोडेर नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छन् ०६९ सालमै निर्वाचन आयोगमा दर्ता भएको तर पूर्वएमाले र पूर्वमाओवादी मिलेर साना माछालाई ठूला माछाले निलेझैं आफ्नो पार्टीको नामलाई निलिदिएपछि ०७५ सालदेखि यो लफडा अदालत प्रवेश, बुढेसकालमा श्रीमती सरकारी जागिरे बुहारीसँगै नाति स्याहार्न पोखरातिर झर्नुपरेको, छोरा पनि जागिरको सिलसिलामा बाहिरै भएका कारण काठमाडौं खाल्डोमा एक्लै बाँच्न बाध्य छन् । उनको पार्टीको ४१ जिल्लामा संगठनात्मक संरचना छ । सुदूरपश्चिम र कर्णालीबाहेकका प्रदेशमा प्रदेशस्तरीय कमिटी बनेको छ । डेढ वर्षमा आफ्नो पार्टीप्रति आकर्षण बढेको सुनाउँछन् । विप्लवलगायत साना कम्युनिष्टसँग समेत रणनीतिक मोर्चा बनाएर आन्दोलनमा होमिएका छन् ।

उनी २०४७ सालमै एमाले गोरखा जिल्ला प्रमुख थिए। तत्कालीन एमाले महासचिव मदन भण्डारी, जीवराज आश्रित, बाचश्पति देवकोटा र कट्टेल २०५० साल जेठ १ मा पोखराको कार्यक्रममा सँगै गएका थिए।उक्त कार्यक्रम सकेर महासचिव भण्डारी र आश्रितसँगै बाचश्पति र कट्टेल तनहुँको आँबुखैरेनीसम्म एउटै गाडीमा आएका थिए। बाचश्पति र कट्टेलको घर गोरखा हो। आँबुखैरेनीबाट गोरखा २४ किमीको दूरीमा छ।

Advertisement 2


कट्टेल अरु कम्युनिष्ट पार्टीहरुलाई नाम मात्रको कम्युनिष्ट पार्टी भएको उसले कम्युनिष्ट चरित्र गुमाइसकेको बताउँछन् । यी दुई पार्टीबीचको यसको एकता नै शंकास्पद रहेको र मूलतः माओवादीको एमालेमा विलय भएको उनको तर्क छ । कट्टेलले माओवादी सत्ता स्वार्थबाट केन्द्रित भएर पार्टी विलय भएको तर्क गर्दछन् ।

कट्टेलका अनुसार ०६९ सालमा उनले दर्ता गरेको नेकपाको मान्यता प्रचण्ड–ओलीहरूले पाएका थिए । त्यतिबेला तत्कालीन निर्वाचन आयोगका प्रमुख अयोधी यादवसँग मुखामुखै परेको स्मरण गर्दछन् । पछि ओली प्रचण्डहरुले नेकपा लगेपछि ० २१ पुस ०७५ मा रिट दायर भएकोमा झण्डै दुई बर्ष दुई महिना पछि न्याय पाएको उनी सुनाउँछन् । नेकपा नाम माधव नेपाल वा केपी ओली नेकपा माग्न आएको खण्डमा कसलाई दिनुहुन्छ भन्ने प्रश्नमा कट्टेल भन्छन्, कसैलाई दिन्नँ । हाम्रो विचारमा यी दुबै एउटै ड्याङका मूला हुन् । फरक यति हो ओली खुल्ला अवसरवादी हुन् । म प्रतिक्रियावादी हुँ, जे सक्छस् गर भन्छन् । माधव, झलनाथ छद्म अवसरवादी । कम्युनिष्ट हुँ भन्छन् ओलीभन्दा गए गुज्रेका छन्

प्रकाशित :२०७७ फाल्गुन २४, सोमबार ०६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry