भ्रष्टाचारको विषयमा बोल्न नदिएको भन्दै संसदमै नांगिए अमरेशकुमार

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

Advertisement 1

उनले ब‌ैठकमा आकस्मिक समय माग गरेका थिए। सभामुखले उनलाई समय उपलब्ध नगराएपछि विरोधस्वरूप उनले सर्ट र गन्जी खोलेर विरोध जनाएका हुन्। विशेष समय नछुट्याई सभामुख घिमिरेले नियमित कारबाहीमा जान्छौं भनेपछि उनले कपडा खोलेर विरोध जनाएका थिए ।

भ्रष्टाचारको विषयमा बोल्न समय नदिएको भन्दै कपडा खोलेर विरोध जनाए ।

प्रकाशित :२०८० बैशाख २५, सोमबार ११:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry