यस्तो छ एमसीसी पास गर्ने प्रक्रिया र योजना

प्रतिनिधि सभाको आजका लागि डाकिएको बैठकमा एमसीसी टेबल भएको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका छन् ।

Advertisement 1

संसद सचिवालयका अनुसार १२ फागुन १२ गते दिउँसो १ बजे बस्नेछ । त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल प्रारम्भ हुनेछ ।
०७६ सालमा कृष्णकहादुर महरा सभामुख हुँदा एमालेले संसदमा दर्ता गराएको हो एमसीसी । पछि त्यही लफडामा परेर उनको सभामुख पद नै गयो । एमसीसी ढिलो चाँडो संसदमा टेबल हुने दिशातिरै अगाडि बढिसकेको छ । संसदमा टेबल भइसकेपछि त्यसका तीन वटा चरण हुन्छन्,पास हुनका लागि ।
एउटा बैठकले टेबल गर्दछ,अर्काे बैठकले विचार गरियोस भन्ने प्रस्ताव,संशोधन भने पर्दैन । उपस्थित रहेका सांसदको बहुमतले पारित हुन्छ । अहिले संघीय संसदमा कायम रहेका २७१ सांसद छन् ।अहिले काँग्रेससँग ६३,जसपासँग २३ र महन्थ ठाकुर पक्षधरत्यस्को एक चौथाई अर्थात ६८ सांसदलेको समर्थन भएमा टेबल गर्न सकिन्छ । आज टेबल भइसकेको छ । पास हुनका लागि भने साधरण बहुमत चाहिन्छ । साधरण बहुमत भनेको हाल संघीय संसदमा रहेको २७१ सांसदको ५१ प्रतिशत अर्थात १३८ सांसदको समर्थन चाहिन्छ ।

अहिले काँग्रेससँग ६३,जसपासँग २३ र महन्थ ठाकुर पक्षधर सहित नेकपा समाजवादी र माओवादीको समेत समर्थन चाहिने देखिन्छ एमसीसी पास गर्नका लागि वा एमालेले काँग्रेसलाई साथ दिनु पर्ने देखिन्छ । उनीहरुले हुन्छ भनेर भनेर ध्वनी मत दिए एमसीसी पारित हुन्छ ।   मत विभाजनका लागि ध्वनीमतबाट गर्ने हो । हुन्छ/ हुन्नमा बहुमत खोजिने हो । एमसीसीको विरुद्धमा अदालतमा मुद्धा पर्ने सम्भवना पनि रहँदैन । मुद्धा गए सिधै दरपिट हुन्छ कारण हाउसको निर्णयमा अदालतमा प्रश्न उठाउनै पाइदैन । त्यसकारण अमेरिकाले दिएको समयसीमासभित्र नेपालले एमसीसी हाउसबाट अनुमोदन गर्ने संकेतहरु प्रगाढ बन्दै गएको छ ।

प्रकाशित :२०७८ फाल्गुन ८, आईतवार १४:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry