सक्कली टोपबहादुर संसदमा विदा स्वीकृति माग्दै,नक्कलीले आजैं साँझ आत्मसमर्पण गर्ने

टोपबहादुर रायमाझीको एकाउण्टबाट पोष्ट भएको नक्कली स्टाटस सामाजिक सञ्जालभरी छरपष्ट भएको छ ।नेकपा एमाले पार्टीले पार्टीबाटै निस्कासन गरेको केही समयपछि उनले प्रहरी समक्ष आजै साँझ साँढे पाँच बजे आत्मसर्मपण गर्ने भन्दै नक्कली फेसबुक एकाउण्टबाट स्टाटस पोष्ट भएको छ । अहिले सो स्टाटस बारे सामाजिक सञ्जालमा हल्लीखल्ली शुरु भएको छ ।

Advertisement 1

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका रायमाझीले पक्राउ पुर्जी जारी भएको एक हप्तापछि रायमाझीको नामबाट पोष्ट भएको उक्त स्टाटसमा आज फेसबुकमा स्टाटस लेख्दै उनले आफू बिरामी परेकाले अस्पतालमा उपचार गराइरहेको बताएका छन् । मोबाइल अफ गरेर उपचारका लागि अस्पताल गएका रायमाझीले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएकोमा आपत्तिसमेत जनाइएको छ । आफूमाथि लागेको आरोप निराधार सावित गर्न आज साँझ साढे ५ बजे प्रहरीमा आत्मसमर्पण गर्ने उनले जनाएका छन् ।यद्यपि यो नामबाट पोष्ट भएको स्टाटस नक्कली भएको बुझिएको छ ।

यता रायमाझीले आफू विरामी भएको भन्दै विदा स्वीकृतिका लागि निवेदन पठाएका छन् ।

Advertisement 2

May be an image of 1 person and text that says "TopBahadur Rayamajhi मेरो स्वास्थ अबस्थामा खराबी आएको कारण म केहि समय अस्पताल मा उपचार गराईरहेको थिए सबैजनाले मेरो नाम जोडेर सरणार्थी घोटला गरेको भन्ने सुने यश प्रती मेरो गम्भिर आपत्ती छ सत्य तथ्य अनुसन्धानले बताउला I नेपालको प्रचलित कानुन अनुसार दोसि ठहरिएमा सजायको भागिदार हुन तयार छु त्यस कारण म माथी लागेको झुटा आरोपलाई झुटो साबित गर्न आज दिनको ५:३० बजे नेपाल प्रहरिको अनुसन्धानलाई सहयोग गर्न उपस्थित हुनेछु धन्यबाद!"

प्रकाशित :२०८० बैशाख २७, बुधबार १५:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry